नेपालमा एकैदिनमा ३ हजार ६३७ जना कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ कार्तिक ६ गते ११:१२ मा प्रकाशित

नेपालमा अधिराज्यभर एकैदिनमा ३ हजार ६ सय ३७ जना कोरोनाबाट संक्रमित भएका छन् । काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २ सय ८३ भक्तपुरमा १ सय १२ र ललितपुरमा १ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ ।

जसमा संस्थागत एकान्तवास (आइसोलेशन)मा १३ हजार ३ सय ४९ र गृह एकान्तवास (होम आइसोलेशन)मा ३१ हजार ५ सय ३८ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले बिहीबार पत्रकार सम्मेलनमा उक्त विवरण दिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय १५ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल सम्म कूल कोरोना निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया