भगवानलाई प्रश्न र बोर्डरलेस ड्रिमका साथमा म्यूजिक भिडियो

इनेप्लिज २०७७ कार्तिक ६ गते ७:५१ मा प्रकाशित

बडादशैको छेको पारेर पुराना पत्रकार तथा लेखक पुरुषोत्तम ढकालको कवितासंग्रह “भगवानलाई प्रश्न” र बोर्डरलेस ड्रिम पुस्तक र दुई गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली जहाँतहि भए पनि नेपाली भावना जगाइदेउ
हिमाल पहाड तराई भविष्यमा एउटै बनाइदेउ

नयाँ बानेश्वर थापागाउँ स्थित कुन्ज थियटरमा भएको कार्यक्रममा यो गीतको म्युजिक भिडियो पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले लोकापर्ण गर्नु भएको थियो भने स्वर्णिम साँझमा जे भयो भयो जीवनको एउटा कहानी भयो पिएर नजरको त्यो प्याला जिन्दगी एउटै के भयो के भयो ?

यो म्युजिक भिडियो पुर्व अर्थमन्त्री रामशरण महतले गर्नु भएको थियो । नुवाकोटको ढिकुरेमा जन्मेर नेपालका विभिन्न पत्रपत्रिका र टेलिभिजनमा काम गर्दै हाल अमेरिकाको लस एन्जलसमा बसेर नेपालीहरुको लागि अंग्रेजीमा नेपाल ट्वान्टी फोर आवर डटकम चलाइरहनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेपालले माधव कुमार नेपालले भन्नुभयो “पुरुषोत्तम जीको गीत र पुस्तकले नेपालको प्राकृतिक सौन्दर्यलाई र संस्कारलाई संसारमा नेपाल चिनाउने काम गरेको र अमेरिमामा पनि ढकालको ध्याषम परिस्थितिका बिच भएको कार्यक्रममा पत्रकार लेखक , संगीतकर्मि लगायतको थोरै तर प्रतिनिधिमुलक उपस्थिति रहेको थियो । न , सोच र चिन्तन नेपाली रहेको छ ।”

नेपाली कांग्रेसका नेता रामशरण महतले नेपालमा पत्रकारिता गर्दा पनि अब्बल कलम चलाउने पुरुषोत्तम जी सिर्जनात्मक मान्छे भएकोले नै पुस्तकमा र गीतमा मानवीय प्रेम , प्रकति प्रेम , राजनैतिक , अध्यात्मिक , ब्यंगात्मक लगायत विभिन्न बिषयमा लेखिएको बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै पुर्व मन्त्री एवं नेकपाका नेता रघुजी पन्तले भन्नुभयो “विश्व साहित्यमा जसरी सोभियत क्रान्ति अघि र पछिका कविता भनेर बहस गरिन्छ नेपालमा पनि गणतन्त्र अघि र पछिका कविता भनेर बहश गर्न सकिन्छ र पुरुषोत्तम ढकालको कविताले पनि त्यो बहश गर्ने सामर्थ्य राख्दछ ।”

कवि श्यामलले भन्नुभयो “कविताले र राजनीतिले परिस्कार खोज्ने र जनताले पनि आफुलाई परिस्कार गरिहनु पर्ने भएकोले कविता यहि पर्याप्त नभए पनि यो खुड्किलो बाट कवि अगाडी जानु भन्दै शुभकामना छ , राजनीतिज्ञले पुरुषोत्तमका कविताबाट धेरै सिक्न सक्दछ ।”

लेखक पुरुषोत्तम ढकालले आफुले पत्रकारिता गर्दा जीवनका धेरै तल्ला देखि माथिल्लो तह र तप्काको ज्ञान भएको र संप्तरङ्गी जीवनमा कविता र गीतले पछ्याएकोले पत्रकारिता र साहित्य प्रवासमा बसेर पनि लेख्न नछाडेको बताउनु भएको थियो ।

प्राडा खगेन्द्र लुईटेलले प्रसस्त चेतना बोकेको गीत र कविताले पुरुषोत्तम ढकालको लेखनको भविष्य उज्याँलो रहेको बताउनु भयो ।

प्रतिक्रिया