प्रकृति अधिकारी, स्वीडेन । साझा पार्टीले देशभित्र र देश बाहिर सबैतिर व्यापकरुपमा संगठन विस्तार अभियानलाई तिब्र रुपमा अघि बढाइरहेको छ ।
यसै प्रयास अन्तर्गत स्वीडेनमा पनि अन्तरास्ट्रियरुपमै सबैभन्दा ठूलो ७२ सदस्यीय साझा सद्भाव समूह र १७ जना रहेको राष्ट्रिय समिती दिप राज थापाको संयोजकत्वमा गठन भएको छ ।
अन्तराष्ट्रियरुपमा साझा पार्टीले यो भन्दा अगाढी नै १८ देशमा साझा सद्भाव समूह निर्माण गरिसकेको छ भने स्वीडेनले करिब १ महिना सम्मको निरन्तर छलफल र सम्पर्क जुटाई १९ औं सद्भाव समुहको राष्ट्र बन्न सफल भएको हो ।
साझा सद्भाव समूह निर्माणमा जुटेका यूरोप महादेशीय संयोजक एस .के. श्रेष्ठको प्रयासमा यो कार्य एक महिना अघि स्वीडेनमा सुरु भएको थियो ।
श्रेष्ठको यो प्रारम्भिक अभ्यासलाइ साथ दिन झन्डै १ दर्जन साझा पार्टीमा सद्भाव राख्ने स्वीडेनबासी नेपालीहरुले सहयोग गरेका थिए । सुरु सुरुमा ब्यक्तिगत छलफलमा सिमित रहेको भएता पनि पछि सद्भाव ग्रुपमा ग्रुपभित्र छलफल गरी, कार्यसमितिमा रहन चाहाने सबै ब्यक्तीहरुलाई पोल भोटिङको आधारमा र भर्चुअल मिटिङद्वारा कार्यसमितिको चयन गरिएको हो । कमिटीभित्र रहेर कामगर्न चाहानेहरुको लागि एस. के. श्रेष्ठले डेमोक्र्याटिक तरिकाले कार्यसमितिमा आऊन् साझा सद्भाव समूह स्वीडेनको फेसबुक ग्रुपमा आग्रह गरेका थिए ।
रुचि देखाउने र अग्रपंक्तिमा रहेर कार्य गर्ने सबैलाई राष्ट्रिय कमिटी भित्र समेटिएको राष्ट्रिय कमिटी संयोजक थापाले बताए । देश परिवर्तनको मुलधारमा उभिन तयार भएका स्वीडेनबासी साझा सद्भाव समुहका ब्यक्तिहरुबाट आफूलाइ संयोजक बन्न अनुरोध र प्रेरणा दिने सबैलाइ थापाले धन्यवाद र कृतज्ञता ब्यक्त गर्दै आफू देश परिवर्तनको यो कदम कहिल्यै नरोक्ने संकल्प गरेका छन् ।
स्वीडेनको नवनिर्वाचित राष्ट्रिय कमिटीको सह–संयोजकमा श्याम कुमार बस्नेत, प्रवक्तामा अर्चना रिमाल, सचिवमा दिपक पौडेल, सहसचिवमा अशोक बहादुर खड्का, संचार संयोजकमा प्रकृति अधिकारी, कोषाध्यक्षमा बिष्णु प्रसाद नेपाल र केन्द्रीय सदस्यहरुमा, सुमन बराल, विश्वास श्रेष्ठ, संजीव रिसाल, निर्जल खड्का, माधव तिमिल्सिना, परमानंद शर्मा, लक्ष्मी भण्डारी, नारायण पराजुली, प्रकाश गौतम र सन्तोष पौडेल रहेका छन् ।
कार्यक्रमको घोषणा १८ अक्टोबरका दिन जुमबाट भर्चुअल मिटिङ गरि सम्पन्न गरिएको थियो । नवनिर्वाचित सद्भाव समूह स्वीडेनका सचिब दिपक पौडेल सहजकर्ता रहेको यो कार्यक्रम लगभग १ घण्टा ३० मिनेटमा समापन गरिएको थियो भने झण्डै ४० जनाको हारहारिमा साझा पार्टीसँग सद्भाव राख्ने विभिन्न देशका सद्भाव समुहका ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा स्वीडेन सद्भाव समुहका र नवनिर्वाचित राष्ट्रिय समितिका सदस्यहरुले मन्तब्य राखेका थिए । कार्यक्रममा युरोप महादेशीय सद्भाव समूह प्रवक्ता प्रभात किरण र संयोजक एस. के. श्रेष्ठले पार्टीका गतिबिधी र युरोप महादेशीय सद्भाव समुहको बारेमा चर्चा गरेका थिए भने सद्भाव समुहका अन्तराष्ट्रिय संयोजक राजेन्द्र पङ्गगेनीले आफ्नो मन्तब्य राख्दै अन्तराष्ट्रिय सद्भाव समुहको कार्यधिकार र आवस्यकताको बारेमा प्रस्ट्याएका थिए ।
साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले साझा पार्टीको सिद्धान्त, अहिले भैरहेको संगठनात्मक गतिबिधी तथा सद्भाव समूहबाट पार्टीले राखेको सहयोग र योगदानको बारेमा चर्चा गरेका थिए ।
पार्टी संयोजक मिश्रको मन्तब्य सङ्गै कार्यक्रम समापन भएको घोषणा गरिएको थियो । साझा सद्भाव स्वीडेन समूहको राष्ट्रिय समिती र सद्स्यहरुको आधारमा अन्तराष्ट्रिय रुपमै सबैभन्दा ठूलो राष्ट्रिय समिति बनेकोमा खुसी व्यक्त गर्दै अन्य युरोपका देशहरुमा पनि गठन प्रक्रिया तीब्र गतिमा अगाडि बढेको युरोप महादेशीय संयोजक एस.के. श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतिक्रिया