मंगलबार, मंसिर १६ २०७७
काठमाडौं १७:४५
वासिङटन डिसी 07:00

प्रहरी हत्यामा संलग्न पक्राउ ,घटनाको अनुसन्धान हुँदै छ : प्रहरी

वीरेन्द्र रावल २०७७ कार्तिक ५ गते १:०५ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,कार्तिक ४÷धनगढी नगरपालिकाको जुगेडास्थित प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक(असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका सात जनालाई मंगलबार सार्वजनिक गरिएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो।

हत्या आरोपमा पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना,२० वर्षीय राजेन्द्र राना,३० वर्षीय चोर भनिने सुरेश राना,२५ वर्षीय गब्बर भनिने राजकुमार राना,वर्ष २२ को राम निवास राना,२९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन्।

उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ। गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए।उनीहरुलाई राती १० बजे सम्पर्क गर्दा समेत फोन नलागेपछि बिहान सम्म प्रतिक्षा गर्दा समेत नआएपछि खोजी गरिएको थियो।

खोजी गर्ने क्रममा प्रहरी सहायक निरिक्षक बिकको शव आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो।

घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा बिक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो ।प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो।

उनीहरु सवार बा.५८प ५२८४ नम्बरको मोटरसाइकल भने घटना स्थल देखि करिब साढे २ किलोमिटर टाढा भेटिएको थियो भने प्रहरी सहायक निरिक्षक बिकले बोकेको पेस्तोल मंगल बार मोहना नदीमै भेटिएको छ।कञ्चनपुरको पुर्नवास नगरपालिका स्थायी घर भएका प्रहरी सहायक निरिक्षक बिक ४ वर्षअघि नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए।भूमीहिन परिवारमा जन्मिएका बिकका श्रीमती, २ र ६ वर्षीया २ छोरी छन्।

५ वर्षको उमेरमा बुवा गुमाएका बिककी ५० वर्षीया आमा छन्।३ भाइ थिए। उनी माइलो भाई हुन्।यस्तै अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ निवासी साउद २०६७ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए।२ वर्षदेखि कैलालीमै कार्यरत साउदका श्रीमती,३ र ८ वर्षीया २ छोरी छन्।५ जना दाजुभाई मध्ये साउद साइलो थिए।

कैलालीको धनगढी नगरपालिका अन्तरगत जुगेडा,३ नम्बर घाट,फुलवारी ,लालबोझी लगायतका क्षेत्रमा तस्करी गर्ने तस्करहरुले रातीको समयमा हतियार सहित गस्ती गर्ने गरेका कारण पनि सीमा क्षेत्रमा स्थानीय निकै त्रसित बन्ने गरेका छन्।सीमा नाकामा अवैध तस्करीमा संलग्न ठूलो गिरोह भएका कारण पनि त्यस्ता गिरोह माथी गहिरो छानविन गरि हदै सम्मको कारवाही हुनु पर्ने माग स्थानीयको रहेको छ।

 

प्रतिक्रिया