नेपालमा एकैदिनमा ३०९३ जना कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ कार्तिक ४ गते ११:१२ मा प्रकाशित

नेपालमा गएको २४ घण्टामा थप ३ हजार ९३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । १३ हजार ८ सय ३६ जनाको नमूना संकलन गर्दा उक्तसंख्यामा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा १ हार ७ सय २ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं १ हजार ४ सय ३१, ललितपुरमा १ सय २३ र भक्तपुरमा १ सय ४८ जना संक्रमित थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

संस्थागत एकान्तवास(आइसोलेसन)मा रहेका व्यक्तिहरुको संख्या १३ हजार ५ सय ५९ रहेको छ ।

गृह एकान्तवास (होम आइसोलेसन)मा रहनेहरुको संख्या २८ हजार १ सय ९६ जना रहेका छन् ।

नेपालमा आज १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । हाल सम्म नेपालमा १३ लाख १४ हजार ७ सय ७९ जनाको परीक्षण भएको छ ।

प्रतिक्रिया