दाजुबहिनीको कथामा गौरव र प्रियाना

इनेप्लिज २०७७ कार्तिक ४ गते ११:११ मा प्रकाशित

 

गौरव पहाडी र प्रियाना आचार्य अभिनित दशैँ तिहार गीत सार्वजनिक भएको छ। राजु खयाजुको शब्द तथा सञ्जिव, विनोद र सुरेनको संयुक्त संगीतमा तयार भएको गीतलाई विनोद र वर्षाना ट्रायम्फ व्याण्डको दशैँ तिहार गीतमा गौरव र प्रियाना दाजुबहिनीका रुपमा प्रस्तुत भएका हुन्।

विदेशमा रहेका दाजु र स्वदेशमा रहेका बहिनी र घरपरिवारको प्रेमलाई आकर्षक ढंगले गीतमा प्रस्तुत गरिएको छ। निर्देशक दीपक आचार्य काकुको निर्देशनमा बनेको गीतको भिडियोमा दशैँ र तिहारको परिवेशलाई कलात्मक शैलीमा देखाइएको छ। गीतमा गोरव र प्रियानाको साथमा कमलमणी नेपाल खुपीका बा को पनि अभिनय रहेको छ।

सुरेन्द्र बसेलको कोरियाग्राफी रहेको गीतलाई पवन सुस्लिङले भिडियोलाई खिचेका हुन्। चन्दन दत्तको रंग संयोजन तथा सम्पादन रहेको गीतको भिडियो कोहो प्रोडक्सन नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया