अञ्जु र डिबीले आए ‘ताप्लीको रानीपोखरी’

इनेप्लिज २०७७ कार्तिक ४ गते १०:५२ मा प्रकाशित

काठमाडौं।गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक भएको छ।पन्तले यो गीत गायक तथा संगीतकार डिबी खड्कासँग गाएकी छन्।

गायक तथा संगीतकार डिबी खड्का हरेक गीतसंगीत फरक र नौलो शैलीमा पस्किन माहिर छन्।यो गीतमा पनि उनले केही नौलो शैली दिने कोसिस गरेका छन्।अचुत नेपालको शब्द रहेको लोकशैलीमा तयार गीतका संगीत एरेन्ज देबेन्द्र नेवाले गरेका छन्।

गीतको आकर्षक भिडियो समेत बनेको छ।जसमा अञ्जली अधिकारी, शोभित प्रसाईको रोमान्स देख्न सकिन्छ।प्रकास खड्काको छायाँकन,लक्ष्मण चौहानको सम्पादन रहेको भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन्।

गीतको शब्द तथा संगीतमा आफुले निकै मिहिनेत गरेको संगीतकार खड्काले बताए ।‘लोकशैलीमा बजारमा आएका भन्दा फरक शैलीमा गीत बनेकोले सबैको रोजाइमा पर्छ भन्ने बिश्वास लागेको छ’खड्काले थपे।

प्रतिक्रिया