प्रदेश १ मा ३३२ कोरोना सङ्क्रमित थपिए

इनेप्लिज २०७७ कार्तिक ३ गते २२:१८ मा प्रकाशित

विराटनगर,३ कातिक। पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ३३२ जना कोरोना सङ्क्रमित थपिएका छन्।जसमा १३२ महिला र २०० जना पुरुष छन।

थपिएका सङ्क्रमितमा मोरङमा १४४ मध्ये ७१ विराटनगरमा, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा छ,संखुवासभामा चार,इलाममा एक र प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।सो अवधिमा४६५ जना डिस्चार्ज पनि भएका छन्।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार ९८८ पुगेको छ भने अहिलेसम्ममा छ हजार ३९ जना निको भएर घर फर्किएका छन्।

प्रदेशमा आज एक हजार १४४ जना सहित कुल एक लाख ४७ हजार ९९४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया