डा लुइँटेलका पुस्तक माथि उठेको प्रश्न :नेपाली भाषाप्रेमी समूहद्वारा घिनौना हर्कत बन्द गर्न चेतावनी

इनेप्लिज २०७७ कार्तिक ३ गते २१:५० मा प्रकाशित

कीर्तिपुरमा नेपाली विषय पढेका र हाल अनेक ठाउँमा रहेका हामी साथीहरुले अनलाइनमा भेटेर हाल प्राध्यापक खगेन्द्र लुइँटेलप्रति देखाएको घिनौना हर्कतका बारेमा छलफल गरी केही निष्कर्ष निकालेका छौँ । लुइँटेलबारे लेखिएका सबै कुरा नितान्त व्यक्तिगत ईर्ष्या र इबीका कुरा हुन् । यसका सूत्रधार विभागकै अर्का प्राध्यापक रमेश भट्टराई हुन् भनी हामीले दाबाका साथ निधो ग¥यौँ । यसको पुष्टिका लागि तल केही बुँदा प्रस्तुत गरिन्छ ।

१. रमेश भट्टराई र खगेन्द्र लुइँटेल सहपाठी भएकाले उनीहरुको यो विद्यार्थी कालकै रिसइबी हो । सुधा त्रिपाठीसँग बिहे गर्ने सर्तमा लुइँटेलको नम्बर घटाएर रमेशलाई फस्ट बनाएको कुरा सबैलाई थाहा नै छ । अहिले यसमा खगेन्द्र लुइँटेल प्रत्यक्ष सहभागी भएको प्रमाण हामीले फेला पारेका छैनौँ तर रमेश भट्टराईको प्रत्यक्ष सहभागिता प्रमाणित गर्ने प्रशस्त आधार फेला परेका छन् ।

२. भाषा बिगार्ने मतियार रमेशजी, लुइँटेलले त्यसलाई उल्ट्याउने अन्तिम समयसम्म पनि तपाईं तत्कालीन शिक्षामन्त्रीको ढोकामा गएर पसारो परिरहनु भएको कुरा धनीराम पौडेलले हामीमध्ये कसैलाई त्यतिखेरै बताउनु भएको थियो । त्यतिबेला असफल भएको पीडा अहिले लुइँटेलमाथि किन थोपर्नु हुन्छ ।

२. रमेश भट्टराईकी श्रीमती सुधा त्रिपाठी रेक्टर भएका बेला लुइँटेललाई अनेक प्रशासनिक दुख र ताडना दिन खोजेको कुरा कीर्तिपुर परिसरमा सबैलाई थाहा भएको हो । यति मात्र नभएर ‘लुइँटेलको हातखुट्टा भाँचेर आउनु’ भनी केही व्यक्तिलाई रेक्टर कार्यालयबाटै पठाइएको थियो । त्यो पनि एक पटक होइन पटक पटक । यो कुरा झुठो हो भन्नुहोस्् हामी देखिजान्ने सुनिजान्ने कर्मचारीसहित लुइँटेलका हातखुट्टा भाँच्न उनका घरमा पठाइएका ती व्यक्ति स्वयंलाई उपस्थित गराउन सक्छौँ । लुइँटेलले त्यति बेलै तपाईंहरु विरुद्ध शान्तिसुरक्षामा उजुर गरेको होइन ।

३. अहिले अदालतले गरेको इम्बोस्ड नम्बरसम्बन्धी फैसलाको विरोध गरेर विज्ञप्ति ननिकाल्ने सल्लाह रमेश भट्टराई र कृष्ण घिमिरेका बीच भएको हामीले थाहा पाएका छौँ । यसको उदाहरणका रुपमा रमेश भट्टराईले स्वयंले विभिन्न क्याम्पसका साथीहरुलाई फोन गरेर केन्द्रीय विभागले ननिकाली तिमीहरुले ननिकाल्नु भनेको प्रमाण हामीमध्ये नै छौँ तर विभिन्न क्याम्पसले उनलाई नटेरी विज्ञप्ति निकालिसकेका छन् ।

४.अहिले लुइँटेललाई कसरी फसाउन सकिन्छ भनेर विभागका प्रमुख कृष्ण घिमिरे र रमेश भट्राईले कानुनी षड्यन्त्र गर्न खोजेको कुरा विद्यार्थीको मेसेन्जर ग्रुपबाटै बाहिरिएको हो । यस्तो देखेपछि केही विद्यार्थीले कृष्ण घिमिरेसंग सोध्दा भाषासम्बन्धी विज्ञप्ति निकाल्न सोधेको भन्ने हल्काफुल्का जबाफ दिएर पन्छिएछन् । अत्यन्त लाजमर्दाे कुरा नेपाली भाषाको केन्द्र मानिने ठाउँको कुर्सीमा बसेको मान्छेले नेपाली भाषाको जगेर्नाका लागि एउटा नाथे विज्ञप्ति निकाल्न अरुसँग सल्लाह गर्नुपर्ने कुरा कसरी आयो ? कृष्ण घिमिरेले आफ्नो अधिकार र कर्तव्य नबुझेकै हो त ? यदि नबुझेकै भए पनि आफूभन्दा अगाडिका विभागीय प्रमुख देवी सर त आन्दोलनकारीकै साथमा हुनुहुन्थ्यो । यदि उहाँको नियत सफा थियो भने मेसेन्जर ग्रुपका सबै सदस्यलाई किन हटाउनुपथ्र्यो ?

हेर्नुहोस् नमुना ः

५. अहिले हामी थुप्रैका मेसेन्जर बक्स सुधा त्रिपाठी र रमेश भट्टराईका मेसेजले भरिएका छन् । तिनमा लुइँटेलका विरुद्ध खनिएका, आलोचना गरिएका अनि लुइटेलको चरित्रहत्या गर्न खोजिएका सामग्री मात्र छन् । फलानोले त लुइँटेलका अन्डरमा थेसिस नगर्ने भनिसक्यो नि भन्नेजस्ता तुच्छ कुरा विद्यार्थीका मेसेन्जरमा हाल्दै हिँड्न तपाईंलाई शोभा दिन्छ ? यसले आफू नांगिएको र प्रतिष्ठा धुलिसात भएको पनि थाहा पाउनु हुन्न तपाईं ?

६. रमेश भट्टराई र सुधा त्रिपाठीकै षड्यन्त्रमा अहिले लुइँटेललाई मुकुन्द भट्टराईको नामबाट सर्वाेच्च अदालतमा मुद्दा हाल्न लगाइएको छ । हामीमध्येकै कोही साथी निज मुकुन्द भट्टराईको नजिकका नातेदार भएकाले यो संकेत हामीले पाएका हौँ । एकजना साथीले मुकुन्द भट्टराईलाई फोन गरेर अदालतको विभिन्न फैसलाका विरुद्ध लुइँटेलले भन्दा कडा विरोध अरुले गरेका हुन् तर तपाईंले मुद्दा किन लुइँटेललाई मात्र मुद्दा हालेको भनेर सोध्दा उनी हि हि गर्दै पन्छिए । दुवैजना बुढाबुढी नेपाली भाषाकै माध्यमबाट जीविका चलाउने व्यक्तिले सरकारी कामकाजको भाषा नेपालीमा हुनुपर्छ भनेर माग गर्दा लुइँटेलका विरुद्ध मुद्दा हाल्न लगाउन तपाईंहरुलाई कुन नैतिकताले दियो ?

यी त भए व्यक्तिगत कुरा । हाम्रो भेटमा उपस्थित सबैले रमेशजीसँग केही सार्वजनिक कुरा पनि राख्नुपर्ने निधो गर्यौं ;

१. रमेशजी अध्यक्ष रहेको विद्यालय स्तरको विषय समितिले विद्यालय स्तरका हरेक कक्षामा आफ्नी पत्नी सुधा त्रिपाठीका रचना पढ्न बाध्य बनाएको छ । यसरी एउटै तहका हरेक कक्षामा तपाईंकी पत्नी पढाउनलाई तपाईंकी पत्नी मात्र महान् भएको पुष्टि गर्नुहोस् । यो हाम्रो भेलाको मात्र नभएर देशभरिका शिक्षकहरुको आक्रोश हो ।

२. मध्यपश्चिम विश्वविद्यालयको पाठ्यक्रममा थुपारिएका लेख्दै नलेखिएका पुस्तकबारे आफ्नो प्रतिक्रिया तुरुन्त बताइदिनुहोस् । छापिएका भए सबै पुस्तक आजै सार्वजनिक गर्नुहोस् । यसबारे तपाईंको बदनियत नभए पहिले नै सार्वजनिक प्रतिक्रिया दिन किन सक्नुभएन ?

अहिले बेनामे रुपमा कुनियोजित ढंगले लुइँटेलको चरित्रहत्या गर्न लाग्ने रमेश भट्टराईको सक्रियता पुष्टि भइसकेकाले तपाईंसंग हामीले केही प्रश्न राखेका छौँ :

१. लुइँटेल भाषा संरक्षण अभियानका नाममा हाल इम्बोस्ड नम्बरका सम्बन्धमा सर्वोच्च अदालतबाट भएको फैसलाको विरोध गर्न भनी देशविदेशबाट रकम सङ्कलनको अभियानमा सकृय रहेको भन्ने जस्ता घिनलाग्दा कुरा गर्न लाज लागेन ? आन्दोलनका बेला हामीमध्ये कतिपय व्यक्ति लुइँटेलसंगै हिँडेका हुनाले अवैध रकम सङ्कलन गरेको प्रमाण देखाइदिनुहोस् । हामी तपाईंकै अगाडि कारबाही गर्छाैँ ।

२. लुइँटेलले स्नातक तहका पुस्तकमा रचना हुबहु राखेबापत उजुरी परेको भनिएको साझा प्रकाशनका पुस्तक कुन कुन हुन् ? लुइँटेल हनुमान ढोकाको हिरासतमा बसेर हर्जाना तिरी छुटेको मिति तथा हर्जानाको रकम खुलाई हनुमान ढोकाबाटै पुष्टि गराउन सक्नुहुन्छ ?

३. लुइँटेलले केन्द्रीय विभागको प्रमुखको भिजिटिङ कार्ड बनाई बाँडेको पुष्टि तपाईंले गर्नुपर्दैन । यस्ता कुरा कसले पत्याउँछ भनेर लेख्नुभो ?

४. तपाईं र सुधाजीले कति वर्ष लगाएर कसरी पिएच्डी गरको भन्ने कुरा बिर्सिनुभो ? तपाईंहरुले लेखेका कृतिमा परिभाषाका लागि छुट्टै सन्दर्भ दिइएको छ ? तपाईंहरु जस्तो नामका अगाडि प्रा डा लेख्ने व्यक्तिले विद्वान्का नाम हटाई विभिन्न परिभाषालाई अनुच्छेदका रूपमा प्रस्तुत गरेर भ्रम फैलाउन लुइटेलको छवि धुलिसात पार्ने दुराशयले तोडमोड गरेर सर्वसाधारणलाई भ्रम फैलाउन तपाईलाई कुन नैतिकताले दिन्छ ? यो त सरासर जघन्य अपराध हो भन्ने कुरा बुझ्न तपाईंहरुलाई कति समय लाग्छ ?

रमेशजी, जेजस्तो कुरा भए पनि यी सब कुरा तपाईंहरुकै विद्यार्थी जीवनमा गएर ठोक्किन्छ । गाँड कोराकोर गर्दै हिँड्दा तपाईंहरुको र नेपाली विभागको प्रतिष्ठा कहाँ पुग्छ विचार गर्नुभाको छ ? यसबाट डाँडामाथिको जुन भइसकेका गुरु तथा अन्य सहयोगीलाई कुनै आघात पर्न गयो भने त्यसको जिम्मेवार पनि तपाईं नै हुनुपर्छ भन्ने कुरा पनि राम्ररी मनन गर्नुहोला । यसरी गाँड कोराकोर गर्ने अहिलेको अभियानमा लुइँटेल लागेको देखिएको छैन तर तपाईं उफ्रीउफ्री हिँडेको देखियो । हरिभजन गाएर बस्ने उमेरमा गरिएको यस्ता घिनौना हर्कतले कसलाई फाइदा पुर्याउँछ ?

तपाईं र लुइँटेल दुवै हाम्रो नातासम्बन्धी होइन र कसैको पक्ष लिएर बोल्नु हाम्रो रुचि पनि होइन । लुइँटेलको स्वभाव अलि कडा होला तर दलबदल गरी कुर्सीका लागि ढोका नचाहर्ने, कसैको झोला नबोक्ने, आफ्नो परिश्रममा गौरव गर्ने, नेपाली भाषाका लागि दिलोज्यान दिएर लाग्ने लुइँटेलका यी गुणको भने हामी फ्यान नै हौँ ।

अहिले लुइँटेलको मनोबल गिराउन यस्ता घृणित हर्कत गर्नु भनेको नेपाली भाषाका विरुद्ध षड्यन्त्र गर्नु हो भन्ने कुरामा दुई मत छैन । तसर्थ व्यक्तिगत ईर्ष्या रिस देखाएर नेपाली भाषालाई खाडलमा जाक्ने दुष्प्रयत्न नगर्नुमा नै तपाईंको कल्याण हुन्छ ।

अहिले भाषाका लागि लुइँटेलको साथ दिनु पर्छ भन्ने कुरामा हाम्रो मतभेद छैन । हामी तपाईंलाई लुइँटेलको साथ दिनोस् भन्दैनौं तर यस्तो गलत मनसायले भाषाको विरोधमा लाग्ने व्यक्तिबाट गरिने यस्ता तुच्छ हर्कतलाई हामी सबैथोक बिर्सेर प्रतिवाद गर्न तयार छौँ । अहिले लुइँटेलको बदनाम गर्न सकियो भनेर मक्ख नपर्नुस् । आउने पुस्ताले तपाईंलाई नेपाली भाषाको विरोधीका रुपमा व्याख्या नगरोस् भन्ने हाम्रो कामना छ । त्यसैले व्यक्तिगत ईर्ष्याले जलेर गरिने यस्ता नौटंकी तुरुन्तै बन्द गर्नुहोस् ।

नेपाली भाषाप्रेमीको समूह 

प्रतिक्रिया