“अनेसास पोल्याण्ड च्याप्टर” गठन

समाचारदाता २०७७ कार्तिक २ गते २३:५२ मा प्रकाशित

१८ अक्टोबर, आइतबार

विश्वभर नेपाली भाषा र साहित्यको बिस्तार र प्रवर्धनमा लागेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नयाँ च्याप्टर गठन भएको छ।आइतबार पोल्याण्डका नेपाली साहित्यकारहरू बीचको छलफल बाट “अनेसास पोल्याण्ड च्याप्टर”को गठन भएको हो।सुसन परियार बिसर्जनको अध्यक्षतामा नवगठित च्याप्टरको उपाध्यक्षमा भीम परियार,महासचिवमा प्रतिमा थापा,सचिवमा बिराश सुन्दास र कोषाध्यक्षमा संगीता लामा घलान चयन भएका छन्।

यसैगरी समितिको सदस्यमा जम्याङ्ग थिङ र डम्बर गुरुङ रहेका छन भने मित्रलाल पार्दे संरक्षक रहेका छन्।भेलाले होमनाथ सापकोटा र विकास दोङलाई सल्लाहकारमा चयन गरेको छ।

प्रतिक्रिया