नेपालमा एकैदिनमा २९४२ जना कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ कार्तिक २ गते ११:४१ मा प्रकाशित

नेपालमा गएको २४ घण्टामा थप २ हजार ९ सय ४२ जनामा कोरोनाभाइरसबाट संक्रमित भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ पुगेको आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल देशभर संस्थागत एकान्तवास (आइसोलेशन )मा १२ हजार ९ सय ३३ जना र गृह एकान्तवास (होम आइसोलेशन)२६ हजार ४ सय ८ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा चिकित्सा जाँच (पीसीआर )१४ हजार ८ सय ७५ जनाको भएको छ ।

यसै गरि काठमाडौँमा १ हजार ४ सय ६९, ललितपुरमा १ सय ३० र भक्तपुरमा ९९ जना गरी उपत्यकामा कुल १ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ जना निको भएसँगै हालसम्म कुल निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

थप १२ जनाको मृत्यु भएपछि कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ७३९ पुगेको छ।

प्रतिक्रिया