एक साँझ, त्यो पल ! तिमीले मेरो मन जित्यौ !

इनेप्लिज २०७७ कार्तिक १ गते १९:४५ मा प्रकाशित

तिम्रो सुन्दरता, तिम्रो बिर्सनै नसकिने मुस्कान, तिमीलाई एक नजर देखे मनै शीतल हुने, चञ्चल हुने, तिम्रो आँखाको गहिरो सागरमा डुबूँ–डुबूँ लाग्ने, तिम्रो केशको मीठो सुगन्ध, केशमा सिउरिएको रुमालजस्तो चिम्टी, तिम्रो पहिरन अनि त्यसको रंग, तिम्रो बोली, बोलीका एक–एक शब्दहरू अझै मनमा ताजै छन् ।

साँझ कलिलै थियो । म हतारमा थिएँ, उसको निम्तो जो स्वीकार गर्नु थियो । म गएँ, जाउलाखेल बेकरीअघि, पर्खाइमा स्वागत गर्न हार्दिकताका आँखाहरू आतुर थिए । मैले ढिलो गरेकोमा सरी भनें ।

सायद जाउलाखेल वरिपरिको कुनै भिआइपी रेस्टुराँ थियो त्यो । त्यहँँका ग्राहकको आगन्तुक लाइनमा त्यो एरियाका भिआइपीजस्ता लाग्ने नेपाली तथा विदेशीहरूको बाक्लै उपस्थिति देखिन्थ्यो । एक–एक कप मह र कागती पानीबाट हाम्रो भेटको शुभमुहूर्त भयो र त्यसपछिका महँगा स्न्याक्स सायद बहाना मात्र थिए भेटका लागि । अब त साँझ अलि छिप्पिन लाग्दै थियो ।

प्रतिक्रिया