मनोज कार्कीको ” यो शासन” सार्वजनिक

इनेप्लिज २०७७ कार्तिक १ गते १९:२८ मा प्रकाशित

काठमाडौँ । सात सालमा सुरु भएकाे प्रजातन्त्रले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राजनीतिलाई जनसरोकारका विषयतर्फ लक्षित गर्ने दिशा अझै समातेकाे छैन । लोकतन्त्रले केही दिशा देखाएजस्तो गरेको छ । सार्वजनिक काल्पनिकीले लोकतान्त्रिक आदर्श अनुग्रहण गरेको छ । तर लोकतान्त्रिक मूल्य–मान्यतालाई नित्य बनाउने हेतुले संघसंस्था र समग्र प्रक्रिया निर्दिष्ट छैनन् ।लोकतन्त्रमा ‘लोक’ हराएको स्थिति छ।

बिश्व यतिबेला कोरोनाको महामारी प्रकोपमा छ । यसको सामना नेपालले पनि गरिरहेको छ।कोरोनाका कारण नेपालमा पनि कयौं मानिसहरुले अकालमा ज्यान गुमाइरहेका छन भने दिन प्रतिदिन संक्रमितको संख्या पनि उत्तिकै बढिरहेको छ।अझ विशेषगरी काम गरेर खाने मजदुर बर्गहरु झनै पिडामा छन । पेट पाल्न पनि धौधौ भइरहेको छ । गरिब मजदुर बर्गहरुलाई बिचरा कसले, बुझिदिने उनिहरुको पिडा । गरिब किसानहरुको अवस्था पनि उस्तै छ । फेरि उता बिदेशमा नेपाली युबाहरुको पनि अबस्था उस्तै छ । यस्तै कथामा आधारित “यो शासन” बोलको गीत सार्वजनिक भएको छ।

मनोज कार्कीको शब्द ,संगीत तथा स्वर रहेको नयाँ गीत ” यो शासन” सार्वजनिक भएको हाे । पर्सान परियारको एरेन्जमा रहेको गीतमा मनोज कार्कीको शब्द,संगीत तथा स्वर रहेको गीत जेसिका इन्टरटेनमेन्ट युट्युब मार्फत बजारमा सार्वजनिक भएको हो । उक्त गीतको भिडियोमा उत्सव कार्की,राजिव श्रेष्ठ,नरेन महर्जन,सुमित चौधरीको अभिनय गरेका भने जनकराज अधिकारीको छायांकन, नरोत्तम पाण्डेको सम्पादन र मनिस कार्कीको निर्देशन रहेको छ । भिडियोलाई श्री नटराज फिल्मसले निर्णमाण गरेको छ।

प्रतिक्रिया