खोई सबैको आउछ त दशै ?

भावना बिष्ट २०७७ कार्तिक १ गते १८:५४ मा प्रकाशित

दशैँ हराएको भान हुन्छ
सही भनु भने बर्षौ देखी दशै
नआएको भान हुन्छ
म सानो हुदा को रमझम दशै
स्कूल को दशै को छुट्टी
अनी नया लूगा मज्जा बेग्लै
अहिले कहाँ गयो खोई दशै
दशै हराएको होला पक्कै
दशै आउनु को मज्जा त
आमा बुवा को काँख मा
सानो बेला मा मात्र हुन्थ्यो
कती रौनक़ थियो दशै
कती ख़ुशी कती रमझम
हासों खुशी रमाइलो दशै
यसपालि दशैँ आएको छैन
दशै कता बाट आउछ त खोई
सबै बाटा घाटा बन्द छन यहाँ
सही मा हरायो कि के हो दशै
नया लूगा लगाएर पिङ्ग खेल्न जाने
चटारो आएको छैन यसपलि
सेल रोटी अनी काक्रो को खल्पी,
अनी खशी को मासु को पकवान
गाऊँ मा खोई त रोटे पिङ्ग अनि
आकाश उचाल्ने च च हुई को रौनक़
रेडियो को बिहान को मालास्री धुन
चोक़ चोक़ मा खेलिने कौड़ा खोई
रमाउदा हिडेका ती साथी संगी खोई
जता ततै रमझम झिलमिल शरद को
अहिले कै जस्तो समझना आउछ
समय भागिसकेको छ अहिले
ती सबै कहानी एकादेश का कथा
क़िस्सा जस्तै लाग्छ आजकल
दशैँ आएकै खबर नै छैन के भो
दशै को पीड़ा परदेश मा आमा बाबा
देखी टाडा बस्नेलाई सोधि हेर
यिनै एक्लै बसेका को हराएको छ दशै
दशै मा लाहुरेहरु घर फ़र्केका छैनन,
हवाईजहाज़ बन्द छन जताततै
बन्द रैछन मोटर गाड़ी ,
विदेश गएका छोरा छोरी
नफ़र्केका घरमा हरायो दशै
सुनसान छन गाउँको बाटोहरु
घर फर्किनन परदेशी हरु
स्कूल गाएका निर्मला हरु
घर फर्केर आएका छैन
कसरी आउछ त्यहा दशै
मन चसक्क दुखेको छ के को दशै
सूचनामा दशैँ आएको कुरा होईन,
कहा कती मरे मारिए सुनाउदा छ
खोई त कसरी मनाउने हो दशै …
युद्धमा मारिएका मानिसका
टुहुरा छोराछोरीलाई के को दशै
टाढा मरुभूमिमा हराएका छोरा
पर्खेका आमाहरूलाई के आउला त दशै
गरिबका चिसा मझेरीहरुमा
गएर सोध आयो र दशै??
विवाह को दश दिनमा खाड़ी
गाएको लाहुरे बाकस मा आयो ,
ती यूबती लाई सोध आयो त दशै
कहिले कहिले आऊने छैन दशै..
सरकार ले दिएको ५ किलो चामल
अनी २ किलो चीउरा ले मात्र
खोई कसरि गर्ने त दशै,
खोई कसरी आउछ त दशै

बिजया दशमीको शुभकामना !

भावना बिष्ट ,अमेरिका

प्रतिक्रिया