आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०२:०२
वासिङटन डिसी 16:17

प्रकृतिको बरदान जहाँ थुप्रै रोगहरु ट्याकर्यक्कै निको हुन्छ (भिडियो सहित)

इनेप्लिज २०७७ कार्तिक १ गते १६:१९ मा प्रकाशित

नेपालको म्याग्दी सदरमुकाम बेनीबाट ८ किमी टाढा एउटा यस्तो प्राकृतिक उपचार केन्द्र अवस्थित छ जसको नाम सिंगा तातोपानी कुण्ड भनेर जानिन्छ। अजिब किसिमको बिरे नुनको गन्द आउने तातो पानी कसैले तयार पारिएको पक्कै पनि होइन तर यो चमत्कारी शक्ती जमिन भित्रबाट निस्कीएको हो ।

तातो पानीमा सल्फरको मात्रा पाइन्छ र यस पानीले रोगको किटानुलाई मार्दो रहेछ जसको तापक्रम ४८ डिग्री सेल्सिएस छ । यहा मानिसहरु देशका विभिन्न ठाउँबाट आफ्नो शरीरको रोग निको पार्न आउने गर्दछन ।

एउटै कुण्डमा डुब्दा पनि एक विरामीमा भएको रोग अर्कोलाई सर्दैन भन्ने जानकारी पनि तातोपानी व्यवस्थापकहरुले स्कटनेपालको बिशेष कुराकानीमा जानकारी गराउनु भयो ।

तातो पानी कुण्डको मुनी बगी रहेको सोस्साई रहेको म्याग्दी काली नदीको हावाले निकैनै मौसमलाई थप चिस्यारहेको हुन्छ। वरी परीको बातावरण एकदमै मन मोहक हुन्छ तर बिरामीहरुलाई यसको कुनै प्रवाह नपरी कुण्डमा डुबिरहेका हुन्छन। गहिरो कुण्डमा पुरुष र महिलाहरु फरक फरक समयमा डुबुल्की मारी रहेका देखिन्छन । आगोमा पानी तताउदा उब्लेको तातो पानी बाट निस्किरहेको बाफ जस्तै कुण्डबाट तातो बाफ उडिरहेको हुन्छ ।

प्रतिक्रिया