आंचल शर्माको अभिनयमा ‘माया बैगुनी’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७७ असोज ३० गते १०:३३ मा प्रकाशित

काठमाडौं । दशैँको कोशेली स्वरूप गायक विजय शंखर र गायिका विमोचना लोम्जेल आफ्नो नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत स्वयम् गायक विजय शंखरको रहेको छ ।यस गीतलाई टेकेन्द्र याक्शो लिम्बुले संगीत संयोजन गरेका हुन्।

प्रेम गर्न चाहने युवा युवती विचको फकाउने खोज्ने तरिका र ठट्टालाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका आंचल शर्मा र मोडेल निराजन प्रधान फिचर्ड छन्।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका हुन्। सोनाम पाख्रिनको निर्देशनमा भिडियो तयार पारिएको हो।

प्रतिक्रिया