प्रदेश नं १ मा थप नौ जनाको मृत्यु,६५४ सङ्क्रमित थपिए

इनेप्लिज २०७७ असोज २९ गते २२:०९ मा प्रकाशित

विराटनगर,२९ असोज।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा नौ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको छ।

यसरी मृत्युहुनेहरुमा सुनसरीमा पाँच, मोरंग र ते¥हथुममा दुई÷दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।हालसम्म सङक्रमणबाट १२२ जनाको मृत्यु भएको छ।

प्रदेशमा सोही अवधिमा ६५४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । उक्त अवधिमा गरिएको एक हजार ६४६ जनाको पीसीआर परीक्षणमा २४१ म्हिला र ४१३ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । दैनिक सङक्रमणमा यो सङख्या अहिले सम्मको उच्च हो । विराटनगरमा २२५ सहित मोरङमा ३२६, सुनसरीमा २०९,झापामा ७४, संखुवासभामा नौ, उदयपुरमा चार, भोजपुर, ते¥हथुम, इलाम र ताप्लेजुङमा दुई÷दुई र प्रदेश बाहिरका २४ जनामा सङ्क्रमण देखिएको छ।प्रदेशमा सङक्रमितको सङ्ख्या १२ हजार २६९ पुगेको छ।

प्रदेशमा आज ३२६ जना सङक्रमित निको भै घर फर्केका छन् भने हालसम्म निको हुनेको सङ्ख्या पाँच हजार ३३९ पुगेको छ।प्रदेशमा अहिलेसम्म एक लाख ४२ हजार ५२३ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ।

 

प्रतिक्रिया