युरोपियन क्षेत्रीय सम्मेलनमा गठित मिडीया टास्क फोर्सले एनआरएनए आइसिसी भित्र आफ्नालाई च्याप्ने प्रवृतीलाई छर्लंग पारेको थियो।
मिडीया टास्क फोर्सका संयोजक शुक्रराज न्यौपानेको संयोजनमा गठित युरोपियन क्षेत्रीय सम्मेलनको तातो बहस मात्र नभई युरोपमा रहेका पत्रकारहरुको पदप्रतिको मोह भंग गर्नुको साथै पत्रकार स्वयं नै पार्टीको गुलामी गर्न कुन हदसम्म गिर्दा रहेछन भन्ने सम्म प्रस्ट गरेको थियो भने एनआरएनएका अभियन्ताहरु आफ्नो नायकीपनलाई निखार्न कस्ता मिडीयाकर्मीलाई सुचनाप्रदान गर्न लालायित रहेको रहेछन भन्ने समेत प्रस्ट गरिदिएको थियो।
साथसाथै अभियानको महत्वपूर्ण पाटोको रुपमा रहेको महिला सशक्तिकरण सहितको लैंगिक अधिकारमा अभियन्ताहरुको व्यवहारिक प्रयोगले अभियन्ताहरु अझै आफैमा त्रसित रहेको उदाहरणहरु प्रशस्त भेटिए ।
विभिन्न क्षेत्रीय सम्मेलनमा भएका त्रुटिहरुमा आत्मसमीक्षा हुन नपाउदै फेरि आईसीसीले एक युवा स्वयंसेवक समिति(youth volunteer committee) गरेको छ। जसमा अभियानका मर्म नै नबुझेका र आफ्ना ठानिएका व्यक्तिहरु पद हत्याउन सफल भएका छन।
गैर आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) ले डा मुरली अधिकारीको अध्यक्षतामा नेपाल कमिटीका लागि युवा स्वयंसेवक समिति गठन गरेको छ। उक्त समितिले उपाध्यक्ष श्रीमती रबिना थापाको नेतृत्वमा एनआरएनएको महिला र युवा विभागमा काम गर्ने छ। उक्त समितिले युवा तथा महिलाहरुको हकमा उत्कृष्ट काम गरी संघको प्रतिष्ठा बढाउने विश्वास गरिएको छ।
सबैभन्दा हास्यास्पद कुरा यस युवा स्वयंसेवक समिति (youth volunteer committee)को बारेमा अस्ट्रियाका युवा संयोजक स्वयं अनभिज्ञ छन भने महिला संयोजकले आधिकारिकरुपमा सामाजिक संजालमा जानकारी गराएकी छैनन।
अस्ट्रियाबाट सल्लाहकारको रुपमा छनौट गरिएकी एक सल्लाहकार जो इनास अस्ट्रियाकी संस्थापक सचिवलाई राखिएको छ। इनास अस्ट्रियाले १५ जुनमा एक विज्ञप्ति निकाली एनआरएन अस्ट्रियालाई सामाजिकरुपमा वहिस्कार गरेको छ।
साथसाथै युथ भोलेन्टियर कमिटीमा नियुक्त भएकी इनास अस्ट्रियाकी संस्थापक सचिव एनआरएन अस्ट्रियाले आयोजना गरेका कुनैपनि सामाजिक कार्यमा संलग्न भएको देखिएको छैन।
यस सम्बन्धमा एनआरएन अस्ट्रियाका अध्यक्ष बिनोद चौलागाईसंग बुझ्न खोज्दा आफुलाई यस बारेमा कुनै जानकारी नभएको र आफ्नै संघलाई वहिस्कार गरेको अर्को संस्थाकी सचिव यस समितीमा सल्लाहकार नियुक्त हुनु र अन्य पदाधिकारीहरु कसैलाई केही सुइको समेत नदिनु ठुलो धोका भएको बताए।
हालसालै एनआरएन अस्ट्रियाको विवाद समाधान भएपनि एनआरएन अस्ट्रियामा दश महिना निस्क़य रहेकी महासचिवलाई समेत सुटुक्क यस कमिटिमा राखिनुले संघभित्र राणा शासन शैलीको हावी भएको प्रस्ट हुन्छ ।
एनआरएनको मर्म अनुसार र सामाजिक संस्थाको मर्यादा कायम गर्न र दोस्रो पुस्तालाई एनआरएनको अभियानमा आकर्षित गर्न पारदर्शिता हुनु पर्नेमा कोठे राजनीति दिनप्रतिदिन बढ्नु निश्चय पनि चिन्ताको विषय हो र यस्ता गतिविधिले क्षणिक सन्तुष्टि त प्राप्त होला नै तर संघको भविष्यमा तगारो पक्कै हाल्नेछ।
जय एनआरएन!
बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया
प्रतिक्रिया