कृष्ण भजन ‘मन मोहन ’भिडियो सार्वजनिक

इनेप्लिज २०७७ असोज २८ गते २२:३३ मा प्रकाशित

काठमाडौँ। नेपाली गीत संगीत क्षेत्रमा बेला बेलामा भगवान प्रति समर्पित भक्ति भाव बोकेका गीत संगीतहरु पनि बन्ने गर्दछन। यसै क्रममा कृष्ण भजन ‘मन मोहन ’भिडियो सार्वजनिक गरिएको छ। उत्साह कान्त मैनालीको स्वर पुरुषोत्तम र सुवाको शब्द रचना तथा रिमेश कुमारको संगीत रहेको कृष्ण भजन लाइ भब्य सेट लगायर छायांकन गरिएको हो। सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो उत्कृस्ट बनेको छ।

जनकदिप पराजुलीको निर्देशन रहेको भिडियो लाई अनुभवी सिनेम्याटोग्राफर सागर प्रधानले छायाँकन गरेका हुन्। राम पाण्डे र संगम शर्मा फिचर्ड भिडियो लाई सन्तोष राजबाहकले कोरियोग्राफी गरेका छन्। धुर्बराज पराजुलीले सम्पादन गरेको भिडियो ओएसार डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया