नेपालमा एकै दिनमा थप २ हजार ६ सय ३८ जना कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ असोज २८ गते ११:०० मा प्रकाशित

नेपालमा एकै दिनमा २ हजार ६ सय ३८ जना कोरोनाबाट संक्रमित भएका छन । बुधबार थप २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार सक्रिय संक्रमित मध्ये संस्थागत एकान्तवास(आइसोलेशन)मा १४ हजार ८ सय १९ र गृह एकान्तवासमा (होम आइसोलेशन )२१ हजार ५ सय ४८ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १३ हजार ९ सय ४७ जनाको पीसीआर (कोरोना परीक्षण )भएको छ ।

गत २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ६ सय ७५ पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले थप २ हजार १ सय ७४ जना कोेरोना निको भएको जानकारी दिएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ जना पुगेको छ ।

प्रतिक्रिया