नेपालमा एकै दिनमा थप ३ हजार ५ सय ५६ जना कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ असोज २७ गते ११:११ मा प्रकाशित

नेपालमा एकै दिनमा ३ हजार ५ सय ५६ जना कोरोनाबाट संक्रमित भएका छन । मंगलबार थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार १२९ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ गरी कुल २ हजार १२९ जनामा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार हाल संस्थागत एकान्तवास (आइसोलशेनमा) १५ हजार ४८ र गृह एकान्तवासमा २० हजार ८ सय ६७ जना रहेका छन् ।

यस्तै गरि पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको चिकित्सा (पीसीआर)परीक्षण भएको छ भने २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ५०३ रहेको छ ।

हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको गौतमले बताए ।

प्रतिक्रिया