मधेसका प्रमुख तीन भाषाका सर्जक सित अमेरिकी सर्जकहरुको भेटघाट सम्पन्न

सञ्जय मित्र, रौतहट २०७७ असोज २६ गते २१:४७ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

नेपालको प्रदेश २ का प्रमुख भाषाका सर्जकहरु सित अमेरिकी सर्जकहरुको भर्चुअल भेटघाट सम्पन्न भएको छ।स्रष्टा साँझ अमेरिकाको आयोजनामा मैथिली, बज्जिका तथा भोजपुरी भाषाका सर्जकहरु सित आइतबार साँझ भेटघाट सम्पन्न भएको हो।

कार्यक्रममा मैथिली भाषा र साहित्यको बारेमा प्रा.डा.रामदयाल राकेश, प्रा. राजेन्द्र विमल तथा धीरेन्द्र प्रेमर्षिले सम्वाद गरेका थिए।यसै गरी बज्जिका भाषा र साहित्यको बारेमा सञ्जय साह मित्रले प्रकाश पारेका थिए।भोजपुरी भाषाको गीत विजय झाले प्रस्तुत गरेका थिए।

अमेरिकाका विश्वराज अधिकारी तथा प्रभात दीक्षितले सहजीकरण गरेको कार्यक्रममा अमेरिका बाटै रामकुमार महतो,सुरेश पोखरेल,विजय झाले भाषा र साहित्यको महत्वबारे प्रकाश पारेका थिए।

कार्यक्रमका वक्ताहरुले तराई मधेसका समृद्ध भाषाहरु बिच अन्तरसम्वादको आवश्यकता रहेको र एकअर्का भाषामा लेखिएका उत्कृष्ट साहित्यको अन्य छिमेकी भाषामा अनुवादको आवश्यकता रहेको पनि स्पष्ट पारिएको थियो।

स्रष्टा साँझ अमेरिकाका आयोजकहरुले परदेशमा नेपाली भाषा र साहित्यलाई जोगाउन देशका विभिन्न मातृभाषाहरु लाई पनि बचाउन आवश्यक ठानेर प्रदेश २ का प्रमुख भाषाहरुको विषयमा पहिलोपटक सम्वाद गरिएको र आगामी दिनमा यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिइने बताएका थिए।

कार्यक्रममा मैथिली,बज्जिका,भोजपुरी र नेपाली भाषामा नै सम्वाद गरिएको थियो ।कार्यक्रममा स्रष्टा साँझ अमेरिका नामक संस्था अमेरिकामा साहित्यिक कार्यक्रमका लागि दर्ता रहेको जानकारी दिइएको थियो।

प्रतिक्रिया