नेपालमा एकैदिनमा ४०४७ कोरोना संक्रमित

इनेप्लिज २०७७ असोज २६ गते १०:५३ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोनाभाइरसबाट संक्रमित भएका छन । सोमबार असोज २६ का दिन नियमित रुपमा अध्यावधिक दिदै आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी गराएका छन ।

यससँगै आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । जसमा संस्थागत एकान्तवास (आइसोलेशन)मा १३ हजार ९२३ र होम आइसोलेशन(गृह एकान्तवास ) मा १९ हजार ९५७ जना रहेका छन् ।

२४ घण्टामा १ हजार ४ सय ७३ जना कोरोनामुक्त भएका छन् भने हाल सम्म निको हुनेको कुल संख्या ७७ हजार २ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार २ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ हजार ८ सय ८८ भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै उपत्यकासहित देशभर आज १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया