काठमाडौँ र दार्जि्लिङको नयाँ सृजना ‘ हारै हारको जिन्दगीमा ……

इनेप्लिज २०७७ असोज २६ गते ९:२५ मा प्रकाशित

काठमाडौँ नेपाली संगीतमा ५५ वर्ष भन्दा लामो समय व्यतीत गर्नु भएका द्वय गीतकार श्री जश योञ्जन ‘प्यासी’ तथा संगीतकार श्री शुभ बहादुर सुनाम। नेपाली साङ्गीतिक क्षेत्रमा जश योञ्जन ‘प्यासी’को अतुलनिय साङ्गीतिक योगदान रहेको छ साथै शुभ बहादुर सुनाम नेपाली संगीतका सबै विधामा क्रियाशील सफल संगीतकार हुन्।दुवैका चर्चित तथा कालजयी गीत पनि छन् साथै संगीत संयोजक गर्नु भएको श्री राजेश कुमार श्रेष्ठ तथा नव गायिका गिता पाण्डे द्वारा स्वोरांकन नया नेपाली आधुनिक गीत रेकर्ड गरियो।यस गीतमा सबैको पहिलो सहकार्य हो।

हारै हारको जिन्दगीमा गीतमा मौलिकता र सिर्जनशीलता छ। यस गीत स्रोताहरुले मन पराई दिनु हुनेछ।नयाँ पुस्ता गिता पाण्डेले यस्तो गीत गाउदा गर्ब लाग्छ। संगीतको कुनै अन्त्य हुँदैन, संगीत कहिल्यै मर्दैन – शुभ बहादुर सुनाम।

गीतकार र संगीतकार सँग संगत गर्न पाउनु संगीत महाविद्यालयमा पढ्नु जत्तिकै हो।उहाँहरुको सृजनात्मक सक्रियता देख्दा सँधै क्रियाशील हुन प्रेरित गर्छ । इतिहासलाई पल्टाएर एक चोटी हेर्दा अमर स्रष्टाहरुले यहाँसम्म ल्याइदिएको नेपाली संगीतलाई मैले आफुले सकेको गएकी छु – गिता पाण्डे।

 

प्रतिक्रिया