एनआरएनए विश्व ज्ञान सम्मेलनको निष्कर्षः कोरोना भन्दा नसर्ने रोग भयावह यसरी गर्न सकिन्छ जोखिम न्यूनीकरण

इनेप्लिज २०७७ असोज २६ गते ३:५३ मा प्रकाशित


लण्डन । नेपालमा नसर्ने रोगहरुको अबस्था भयावह बन्दै गएको विज्ञहरुको निष्कर्श छ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘लाइफ एण्ड हेल्थ साइन्स’ विषयक कार्यक्रममा विज्ञहरुको छलफलबाट नेपालमा नसर्ने रोगहरुको अबस्था निकै चुनौतीपूर्ण रहेको निष्कर्श निक्लिएको हो।

कार्यक्रममा बोल्दै डा.अभिनभ वैद्यले मधुमेह, मुटु रोग, उच्च रक्तचाप, क्यान्सर, हृदयघात, मष्तिस्क घात, अम्लपित्त, मृगौला खराबी, दम, माइग्रेन, डिप्रशन, मोटोपना आदी नसर्ने रोगहरुले नेपालमा भयावह अबस्था लिँदै गएको उल्लेख गर्नुभयो।

यी रोगहरुबाट ४० वर्षभन्दा मुनि उमेरका युवावर्ग बढी प्रभावित भएको बताउँदै उहाँले यी रोगहरुबाट बच्न सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो।४० वर्षभन्दा कम उमेरका ३७ दशमलव ९ प्रतिशत युवाहरु नसर्ने रोगबाट नप्रभावित बनेको डा. अभिनभ वैधले जानकारी दिनुभयो।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा. सरोज निरौलाले विश्वमा वार्षिक १० लाख मानिसहरुले क्यान्सरका कारण ज्यान गुमाउने गरेको बताउनु भयो।क्यान्सरबाट ज्यान गुमाउनेहरुमा ७० प्रतिशत निम्न तथा मध्यम आय भएका मुलुकका मानिसहरु रहेको उहाँले उल्लेख गर्नुभयो।नेपालमा पनि क्यान्सरका रोगीहरु बढ्दै गएको बताउँदै उहाँले नसर्ने रोग क्यान्सरबाट बचाउन जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो।

धुलो,धूँवा, विकिरण रसायनको प्रयोग, विषाक्त खानेकुराले क्यान्सरको जोखिम बढेको बताउँदै स्वस्थ जीवनशैली नै क्यान्सरसँग लड्ने पहिलो आधार भएको उहाँले उल्लेख गर्नुभयो। चेतनाको कमी, प्रविधिको अभाव, मानव स्रोत साधनको अभाव, अनुसन्धानको अभाव लगायत कारण विकासशील मुलुकहरुमा यसको समस्या बढ्दै गएको उहाँको भनाई थियो।

भरत नेपाल (सिनियर मेन्टल हेल्थ एजुकेशन अफिसर अस्ट्रेलिया) ले मानसिक स्वास्थ्यको विषय महामारीभन्दा अगाडीदेखि नै उठेको बताउनु भयो । तर कोरोना महामारीका कारण थप यसको जटिलता बढेको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै उहाँले नेपालले कोरोना महामारीका कारण रोजगारी गुमाउँदा, लामो समयसम्मको बेरोजरीका कारण कमजोर आर्थिक अबस्था तथा अभावका कारण अधिकांशको मानसिक स्वास्थ्यमा असर परेको बताउनु भयो । मानसिक समस्याकै कारण मानिसहरु आत्महत्या गर्ने अबस्था सम्म पुग्ने गरेको बताउँदैन पुरुषको तुलनामा ठूलो संख्यामा महिलाहरुले आत्महत्या गर्ने उहाँले उल्लेख गर्नुभयो । ४५ प्रतिशतसम्म महिलाहरुले आत्महत्या गर्ने प्रवृति देखिएको उहाँले जानकारी दिनुभयो । मानसिक समस्याबाट बच्नका लागि सकारात्मक सोच, स्वस्थ जीवन शैलीमा ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

डा. कृष्णबहादुर थापाले बालबालिकामा जन्मजात देखिने डिस्लेक्सियाको प्रभाव बढ्दै गएको बताउनु भयो । विश्वमा विद्यालय जाने अबस्थाका ३ देखि १९ प्रतिशत बालबालिकाहरुमा यस्तो समस्या रहने अध्ययनले देखाएको बताउँदै नेपालको सन्दर्भमा पनि बालबालिकाहरुमा यस्तो समस्या बढ्दै गएको जानकारी दिनु भयो । सचेतनाको अभावले नेपालमा यस्तो रोग लागेका बच्चाहरुका लागि छुट्टै शिक्षा प्रणालीको व्यवस्था गर्न नसकिएको उहाँको भनाई थियो।

‘डिस्लेक्सिया भएका बच्चाहरु अरु सामान्य बच्चाहरुभन्दा फरक हुन्छन् । उनीहरु सुद्ध उच्चारण गर्न नसक्ने तथा एकदमै ढिला अध्ययन गर्ने हुन्छन् । दायाँ र बाँट्याउन नसक्ने हुँदा उनीहरु स्मल बी र डिलाई एउटै देख्छन् । जसले पनि अध्ययनमा अप्ठ्यारो हुन्छ,’ उहाँले भन्नुभयो।यस्ता बालबालिकाको अबस्था अनुसार पेडागोजि तयार गरी सोेहीअनुसार डिस्लेक्सिया भएका बालबालिकालाई सिकाई प्रणाली लागू गर्न राज्यले पनि ध्यान दिनुपर्ने उहाँले जोड दिनु भयो।

प्रो.डा. अन्जना सिंहले नेपालमा डेंगु भाइरस को प्रभावका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । डेंगु एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस ) पोथी लामखुट्टेको टोकाईबाट लाग्ने उहाँले बताउनु भयो । नेपालमा २००४ सालमा डेंगु देखिएको बताउँदै उहाँले नेपालमा डेंगु संक्रमण बढ्दै गएको उल्लेख गर्नुभयो ।‘डेंगु एउटा मानिसबाट अर्को मानिसमा सर्दैन र यो तबमात्र सर्छ जब एउटा लामखुट्टेली संक्रमित मानिसलाई टोक्छ र त्यो लामखुट्टेमा भाइरस विकास भएर त्यो लामखुट्टेले अर्को स्वस्थ मासिलाई टोक्छ,’ उहाँले भन्नु भयो।

यो रोगबाट बच्न घर वरपरको सरसफाइमा ध्यान दिई पानीजम्ने खाल्डाखुल्डी पुर्ने तथा झाडी हटाउनुपर्ने उहाँको जोड थियो। पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माले एनआरएनएले यो महामारीको समयमा आयोजना गरेको लाइफ एण्ड हेल्थ साइन्स विषयक कार्यक्रम निकै महत्वपूर्ण भएको बताउनु भयो ।उहाँले नेपालमा अर्टिजम डिस्लेक्सिया लगायत मानसिक रोग, मुटु रोग, क्यान्सर, डेंगु लगायत नसर्ने रोगहरुको जोखिम बढ्दै गएको बताउँदै न्यूनीकरणका लागि राज्यसँगै सम्पूर्ण सरोकारवालाको सहकार्य आबश्यकता भएको औँल्याउनु भयो।

डा. कृष्ण काफ्लेले नेपालको मध्यपहाड मानव, वन्यजन्तुबीचको द्वन्दक्षेत्रदेखि जुनोटिक रोगहरुको उच्च जोखिम क्षेत्र बन्दासम्मको परिवर्तन विषयमा कार्यप्रस्तुति गर्नु भएको थियो।

त्यस्तै डा. ज्ञानेन्द्र गोंगल( रेजनल एडभाइजर अफ डब्ल्युएचओ), डा. एमडी खुर्शिड अलाम हाइडेर (डब्लुएचओ), प्रो.डा. अभिनाव वैध (काठमाडौं मेडिकल कलेज), डा. फनिन्द्रप्रसाद बराल, डा.सरोज निरौला, डा. ओमराज भण्डारी, डा. सिमोन सुटडिफी, प्रो.डा, शान्थि जोनसोन, डा. विराज कर्माचाय, भरत नेपाल (अस्ट्रेलिया नेपाल पब्लिक लिंक) लगायतले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

सोही सोही कार्यक्रमको दोस्रो सेसन अन्तर्गत प्रो.डा. अन्जना सिंह, सुनिल मिश्र (त्रिभुवन युनिभर्सिटी), डा. कृष्ण काफ्ले, प्रोए.बासेर जियाओडी, डा. कृष्णबहादुर थापा, तारा गैरे (इन्नोभेटिभ कलेज काठमाडौं), डा. सुमन श्रेष्ठ, डा. भिनुजा वर्मा, सृष्टि कुन्डोइ, र एनआरएनएका नारायण आचार्यले आफ्नो धारणा राख्नु भएको थियो ।नसर्ने रोगहरुले भयावह अबस्था लिँदै गएकाले यी रोग निराकरणमा सम्बन्धीत सबै सरोकारवालाले हातेमालो गरेर अगाडी बढ्नुपर्ने जोड अधिकांशको थियो।

उक्त कार्यक्रमको संयोजन डा. ड्रोना रसाइली, डा. अर्चना अमात्य, र डा. सरोज निरौलाले गर्नु भएको थियो ।

NRNA LOGO
Group Mail Code of Conduct
1. Avoid Greetings on festivals and condolence on group mail, if you must send, send it to individuals.
2. Avoid repetition of same opinions
3. Avoid use of reply all function unless it is thought to be of a general interest.
4. Avoid sending replies to the individual through group mail.
NRNA

Corona Virus Precautions : stay safe
1.Wash your hands frequently
2. Carry hand sanitizer
3. Avoid touching your face
4. Maintain social distance in public gatherings

 

प्रतिक्रिया