जाम्बियाको लुसाकामा एनआरएनएको चौथो अफ्रिका क्षेत्रीय बैठक हुने

इनेप्लिज २०७७ असोज २५ गते १२:१३ मा प्रकाशित

अफ्रिका स्थित एनआरएनए राष्ट्रिय समन्वय समितिका अध्यक्ष र पदाधिकारीहरुको जूम बैठकले चौथो एनआरएनए अफ्रिका क्षेत्रीय बैठक बर्तमान कोरोना संकटको कारणले डिसेम्बरमा २०२० को सट्टा आगामी अप्रिल २ र ३ तारिख , २०२१ मा जाम्बियाको राजधानी लुसाकामा भौतिक उपस्थितिमा आयोजना गर्ने निर्णय गरियो ।

बैठक आयोजना गर्न अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाको संयोजकत्वमा एक आयोजक समिती गठन गर्ने समेत निर्णय गरियो । बैठकमा अफ्रिकामा नेपालीका समस्या , अफ्रिकाबाट नेपालमा रेमिटान्स र लगानी , अफ्रिकाको स्वास्थ्य समस्या , नेपाली साहित्य र संस्कृति , अफ्रिकामा नेपाली महिलाको समस्या र मानव तस्करी लगायतका विषय माथी विभिन्न सेसनहरु आयोजना हुनेछन ।

त्यसै गरि अफ्रिका स्वास्थ्य संयोजक डा सरिता पान्डेको प्रस्ताव अनुसार अन्तर्राष्ट्रिय स्वास्थ्य समितिको सहयोगमा अफ्रिकामा नेपाली हरुको स्वास्थ्य स्थिती माथी निकट भबिस्यमा नै एक कार्यक्रमको आयोजना गर्ने निर्णय गरियो ।

बैठकले अफ्रिकाको मरिशस र आइभोरी कोस्टमा बढदो नेपालीको संख्या र समस्यालाई ध्यान राख्दै एनआरएनए एनसीसी गठन गर्न पहल गर्ने निर्णय गरियो । साथै अफ्रिकामा अझै पनि मानव तस्करी बढदै गइरहेको र तस्करी बाट पीडित नेपालीहरुको समस्या बढदै गइरहेकोले त्यसको निराकरणका लागि नेपाली दूतावास र नेपाल सरकार सङ्ग समन्वय गरि प्राथमिकता का साथ आबश्यक कार्य गरिने समेत निर्णय गरियो ।

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाको अध्यक्षतामा सम्पन्न बैठकमा घाना , युगान्डा , तान्जानिया , केन्या , सेसेल्स , कङ्गो , जाम्बिया र दक्षिण अफ्रिकाका अध्यक्षहरुका साथै एनआरएनएका पुर्ब कोषाध्यक्ष हिक्मत थापा , अफ्रिका हेल्थ संयोजक डा . सरिता पान्डे लगायत एनआरएनएका पदाधिकारी हरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया