नेपालमा एकै दिनमा २०७१ कोरोना संक्रमित,उपत्यकामा मात्र १४१६ संक्रमित

इनेप्लिज २०७७ असोज २५ गते ११:१९ मा प्रकाशित

काठमाडौँ ,असोज २५ । नेपालमा एकै दिनमा पछिल्लो २४ घण्टामा २०७१ जनामा कोरोनाभाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १२ हजार ४२७ जनाको चिकित्सा जाँच (पीसीआर)परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको बताए ।

डा गौतमका अनुसार उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १४१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको छ।

देशभर कोरोना संक्रमित भै ७६ जना भेन्टिलेटर(वायु-प्रवाहक)मा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ३२९ जना संघन कक्ष(आईसीयु)मा उपचाररत रहेका छन् ।

हालसम्म संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ भने निको हुनेको संख्या ७५ हजार ८ सय ४ रहेको छ। आज थप २२ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ३६ पुगेको छ ।

प्रतिक्रिया