देवकी न्यौपाने,
काठमाडौँ, असोज २३।प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयको स्थापना गर्ने भएको छ।काउन्सिलले आज एक सूचना जारी गर्दै प्रेस सङ्ग्रहालयको लागि सामग्री उपलब्ध गराउन सबैमा आव्हान गरेको छ।
सूचना र सञ्चारको इतिहास लाई जीवन्त राख्दै अध्ययन अनुसन्धानमा सघाऊ पु¥याउने उद्देश्यले प्रेस सङ्ग्रहालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढाएको काउन्सिलले जनाएको छ।
सूचना जारी भए सँगै सङ्ग्रहालयमा सङ्ग्रह गर्ने सामानको खोजी प्रारम्भ अघि बढेको छ।काउन्सिलमा रहेका सञ्चार सँग सम्बन्धित पुराना उपकरण (रेडियो, टेलिभिजन,टेलिफोन,क्यामेरा,आवा सेट, टाइपराइटर,पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री,ऐतिहासिक पुस्तक,चित्र, तस्बिर) लगायतका सामग्री समेत सङ्ग्रहालयमा राखिने भएको छ।
सञ्चारसँग सम्बन्धित ऐतिहासिक सामाग्री खोजी गरी निःशुल्करूपमा प्राप्त गर्न पहल गर्ने,निःशुल्क प्राप्त हुन नसकेको खण्डमा भने स–शुल्क खरिद गरी सङ्ग्रह गर्ने काउन्सिलको सूचनामा उल्लेख छ।
प्रतिक्रिया