गाँउले तामाङ्गपरिवारको एउटा केटो

डिग बहादुर तामाङ्ग २०७७ असोज २० गते २३:४१ मा प्रकाशित

गाँउले तामाङ्गपरिवारको एउटा केटो
जुरुक्क उटठ्यो, हातमुख धोएर आयो
अगेना माथिको झ्याङमा हे¥यो
बासि ढिँडोलाई थालमा राख्यो
नून खोर्सानी सिलौटामा पिँद्यो
क्वाप्प क्वाप्प खाएर
खालि खुट्टामा गोठतिर हिँडो
गाई र भैसीलाई बाहिर सोरेर
पराल हालेर, चौरीखोलाको माथि
पुगेर घाँसको भारी बिसाएर
मकैभाटमास खल्तिमा हालेर
प्राथमिक विद्यालय पुग्यो
शिक्षकले पढाएका सबै कुराहरुलाई
मनमा र कापीमा सार्यो
जहिले पनि कक्षहरुमा पहिलो भैयो
गाँउबाट काठमाडौमा आइयो,
दाईहरुको थाँङका लेख्ने सानो कोठामा संगै बस्यो
पाठशाला धाइयो, जहिले पनि प्रथम भइयो
आइएसी बिएइसीमा प्रथम भैइयो
छात्राबृद्धि पाइयो, त्याहापनि प्रथम भैयो
ईन्जिनियर भएर फर्केर आइयो, जागिर खाइयो,
रसुवा गाइयो, अलिअलि नाम कमाइयो
सारा जिल्लाबासीहरुको सम्मान पाइयो्,
त्यहाँबाट राधाज्ञावालीले फर्काइन
काठमाडौमा सरुवा गराइयो, केहि समय त्यसै बसाईयो
जनरदन बोलाईयो, नियुक्ती पत्र थमाइयो,
नेपाल विद्युत प्राविधिकरणमा महानिर्देशक बनाइयो,
तर राधाज्ञावालीले हाजिर सम्म गर्न दिएनन
कारण के हो भन्ने सम्म सुनाएनन्
जब काम गर्ने मौका आईयो, दुइहजार
त्रिहत्तरसालको तिहारमा रातभरि बिजुली बत्ति बालियो,
बिस्तारै नेपालभरिका लोडसेडिङ हटाउन थालियो
अरबौ घाटाहरुलाई मुक्त गर्दै विस्तारै नाफमा ल्याइयो
अटम साम्राज्यकालका सुलेमान जस्तै चम्केर
उनका नामपनि सारा नेपालभरि कुलमान कुलमान भन्न थालियो
चारबर्षकार्यकालमा देशभरि उज्यालो बालियो,
अठरघण्टको अध्यारोलाई देशैभरि बत्तिबालेर हटाइयो
पुन: नियुक्तीको आवाज तिन करोड नेपालीले उठाइयो
तर बिडम्बना आत्रि गोत्रका एक घुस्याहले
उनको नाम मिसिलबाट हटाउन लगाई
आफू पाताल का देशतिर दूतभएर गइयो
देशमा पुन लोडसेडिङ नविकरण गराईयो
एउटा ईमान्दार र कर्तव्यनिष्ट व्यक्तिको कर्मले
कति सम्म गर्न सकिन्छ भन्ने जानकारी,
तीन करोड नेपाली दाज्यूभाई दीदि बहिनीहरुलाई देखाइयो
घरमा फर्केर आइयो थन्काएर बसाईयो

 

 

प्रतिक्रिया