जंगलको बीचमा एउटा घर, एक परिवार।घरमा ९२ वर्षका रातेबुढा भनेर चिचिने चित्रबहादु गुरुङ र उनी श्रीमती कालीमाया।गाउँमै कोही छैन,तर राते बुढा र कालीमाया को यो जोडीले एकल महशुस गरेका छैनन्।आफ्नै सन्तान समेत छैनन्।तर भारतीय हवल्दारका रिटायर रातेबुढा जोश फौजी स्वभावकै छ।रसिला कुरा गरेर मख्ख पार्ने राते बुढा समसामयिक विषयमा मज्जाले गफिन्छन्।जवानीका कुरा सम्झेर मख्ख पर्छन्।श्रीमतीसँग जिस्किन्छन्।कालीमाया लजाउँछिन्।तनहुको व्यास नगरपालिका स्वति स्वाँरा गाउँ यो जोडीको कथा यस अघिको हाम्रो भिडियोमा पनि छ।तर यसपालीका कथा अलि फरक छ।सन्तान नभएपछि कुकुरको साहारा लिएको यो जोडीको अहिले एउटा मात्र कुकुर छ।कुकुर र राते बाको भाषा मिल्थ्यो,कुकुरले फोन आएको समेत सूचना दिन्थ्यो।यस्तै यस्तै सुख दुःख चलिरहेको थियो।
यो जोडीको सन्तान नभएको पछुतो छैन,आफन्तले बजार बस्न गरेको आग्रह ठाडै नकार्छन्।पेन्सनवापतबाट आएको रकम सामाजिक काम गर्छन् । अरुको दुःख देख्न सक्दैनन्, गासै काटेर सहयोग गर्छन्।लोभ, लालच, साहारा विनाको यो जोडीले सकेसम्म गाउँको विकास गर्ने,त्यहाँबाट सहर छिरेकालाई फर्काउने प्राण रहेसम्म प्रयास गर्ने बताउँछन्।
बाकी भिडीयोमा
प्रतिक्रिया