घरमा आगो लगाउनेबाट देश निर्माण सम्भव छैन

वीरेन्द्र रावल २०७७ असोज १९ गते २१:२६ मा प्रकाशित

 

वीरेन्द्र रावल,

नेपाली राजनीतिमा दलहरुले आफ्ना मागहरु पुरा गराउनका लागि विभिन्न प्रकारका आन्दोलनहरु सञ्चालन गर्ने गरेका विगत र वर्तमानमा ईतिहासहरु ताजै छन्।

तत्कालिन जनमोर्चाका नेता बाबुराम भटट्राईले संसदमा राखेका ४२ बुँदे मागहरु पुरा नभएको भन्दै २०५२ साल फागुन २ गतेबाट शसस्त्र जनयुद्धका नाममा भूमिगत बन्यो।

त्यसपछि नेपाली काँग्रेसको सरकारले संसदीय व्यवस्थामा लामो समय राजनीति पनि गर्यो।संसदमा रामचन्द्र पौडेल माथी गोल्छे सार्कीले जुत्ता हान्ने देखि लिएर त्यसपछिका घटनाक्रममा संसदमा तत्कालिन सुरेन्द्र पाण्डेको बजेट भाँषणको सुटकेश तोडफोड गर्ने देखि लिएर मन्त्रालयको छत बाट बक्र्चि समेत फाल्ने कार्य नेपालको ईतिहासमा पटक पटक भएका पनि छन् ।यीं र यस्ता घटनाहरु भने नेपालको लागि नौलो अवश्यपनि होईन।

यसैक्रममा सोमबार प्रदेश नम्बर ५ को नामाकरण लुम्बीनी र प्रदेशको राजधानी दाङको भालुभाङमा राख्ने भन्ने सम्बन्धमा भएको।संसदमा भएको तोडफोडले हामी नेपालीको चिन्तन र हिंस्क मानशिकतामा खासै परिवर्तन नभएको आभाष दिएको छ ।गरिमामयी संसद,जहाँ प्रदेशको समृद्धिका लागि कानुन बनाउने थलो हो त्यसै थलोमा बस्ने माननीयहरुले आफु बस्ने कुर्चिलाई टाउँको भन्दा माथी उठाएर टेबुलमा थचार्ने,माईक तोडफोड गर्ने देखि लिएर अराजकता प्रदर्सन गर्ने कार्य जनू भएको छ त्यसले प्रदेश सभाको नै गरिमा लाई घटाई दिएको छ।

देश निर्माणका लागि कानुन बनाउने प्रदेश सभाका सदस्यहरुनै अराजकता तर्फ अगाडी बढ्छन् भने त्यसले समाजका लागि अवश्य पनि राम्रो सन्देश कदापी दिनेवाला छैन।संसद भित्र बहस,पैरवी,व्यापक छलफल गर्ने र अन्य विरोधका स्वरुप हुँदा हुँदै पनि प्रतिपक्षले रचनात्मक बन्नुको सट्टा जून अराजकता प्रदर्शन गर्ने कार्य भएको छ त्यो नितान्त गैर जिम्मेवार कार्य हो भन्नेमा दुईमत छैन। कानुन बनाउने र त्यस कानुनलाई सम्पादनका लागि ठोष पहल गर्ने थलोमा नै तोडफोड गर्न लगाउने र पार्टी सम्बद्ध नेता कार्यकर्ताहरु लाई सडकमा नारा जुलुश गर्न लगाउने जस्ता कार्यले कदापी राम्रो सन्देश दिन सक्दैन।

संसदीय गरिमा र महत्वमाथी नै प्रश्न चिन्ह खडा हुने गरी जसरी पूदेश सभाको बैठक लाई रणभूमिमा परिणत गर्ने कार्य गरिन्छ भने त्यहाँ सम्वादहिनताको अवस्था सृजना गरिदिन्छ।प्रदेश सभामा सभाका सदस्यहरुले नाराबाजी र तोडफोड गर्ने अनि उता सडकमा पार्टीका कार्यकर्ताहरुले सडक जाम,कुटपीट सवारी साधनहरु चल्न नदिने लगायतका कार्यहरु गरिनाले पनि त्यसको महत्वलाई अँझै घटाई दिएको छ।आफ्नो बस्ने कुर्सि लाई तोडफोड गर्ने जून अराजक प्रवृत्ति प्रेश सभाका सदस्यहरु लाई स्वस्फूर्त रुपले आउँछ भने त्यसले अवश्य पनि समाजका लागि सहि र राम्रो सन्देश दिन सक्दैन।त्यसले त तलका नेता कार्यकर्ताहरुलाई झनै अराजक बन्न र तोडफोडमा लाग्न उत्प्रेरणा दिने गर्दछ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया