१९ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका १५३१ जनासहित देशैभरी २४४० जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना नयाँ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा ५, इलाममा १, ओखलढुंगामा ३, खोटाङमा ३, झापामा ८, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५५, संखुवासभामा १ र सुनसरीमा १२२ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा १, पर्सामा ८, बारामा ८, महोत्तरीमा २, रौतहटमा ८४, सप्तरीमा ५, सर्लाहीमा ९ र सिराहामा ६ जना संक्रमित थपिएका छन् । बागमती प्रदेशको काठमाडौंमा ११७८, काभ्रेपलान्चोकमा ३६, चितवनमा १०३, दोलखामा १, धादिङमा १२, नुवाकोटमा १०, भक्तपुरमा १०३, मकवानपुरमा १५, रामेछापमा १२, ललितपुरमा २५०, सिन्धुपाल्चोकमा ५ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ३६, गोरखामा १७, तनहुँमा १०, नवलपरासीपुर्वमा ६६, पर्वतमा ३, लमजुङमा २, बाग्लुङमा १८ र स्याङजामा ४ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँच्ीमा १३, कपिलवस्तुमा ८, गुल्मीमा १७ दाङमा ६, नवलपरासीमा ५, पाल्पामा ६, प्युठानमा ५, बर्दियामा ८, बाँकेमा २२ र रुपन्देहीमा ५८ जनामा संक्रमण पु्ष्टि भएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ३, रुकुम पश्चिम र सल्यानमा १÷१ .जना र सुर्खेतमा ३० जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको अछाममा, बझाङ र दार्चुलामा १÷१ जना, कन्चनपुरमा ६, कैलालीमा ३३, डडेल्धुरामा २, डोटीान २, दार्चुलामा २, र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी २४४० जना संक्रमित थपिएका छन् ।
उनीहरुमा ९३७ महिला र १५०३ जना पुरुष रहेका छन् । आज थपिएका २४४० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।
संसारन्युज डटकमबाट
प्रतिक्रिया