पोखरीमा विष हालेर गोरखामा किसानको ६ सय माछा मारे, आजका मुख्य समाचारहरु हेर्नुहोस

इनेप्लिज २०७७ असोज १४ गते ०:२७ मा प्रकाशित

 

गोरखाको गण्डकी गाउँपालिका–५ दर्बुङका राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको माछा पोखरीका माछा विष हालेर मारेको पाइएको छ।उनको दुईवटा पोखरीमा रहेका करिब ६ सय माछा पानीमा बिष मिसिएका कारण मरेको पशु प्राविधिकले बताएका छन्।

पोष्टमार्टम गर्दा माछाको ‘लिभर ड्यामेज’ देखिएको उनीहरुको निष्कर्ष छ।तर पोखरीमा कहाँबाट कसले बिष हालिदियो भन्ने अझै खुलेको छैन।

तत्कालै स्थानीयले मिलेर पोखरीबाट माछा झिक्दासम्म ३ सय ४० वटा माछा मरिसकेको थियो।मरेको सबै माछा प्राविधिकको सल्लाह अनुसार खाल्डो खनेर पुरेको उनले जानकारी दिए।

बुढीगण्डकी पशुपंक्षी तथा कृषि फर्म दर्ता गरेर विगत तीन बर्षदेखि व्यवसायिक रुपमा व्यवसायिक कृषिमा लागेका श्रेष्ठले गत जेठ १२ गते चितवनबाट माउर माछाको ६ सय भुरा ल्याएर उनले पोखरीमा हालेका थिए।

प्रतिक्रिया