प्रेस विज्ञप्ति – ड्रिम बिग च्यालेन्ज प्रतियोगिता

इनेप्लिज २०७७ असोज १३ गते २:५४ मा प्रकाशित

 

गैर-आवाशीय नेपाली संघ अमेरिकाको बिज्ञान, प्रबिधि तथा नवप्रबर्धन समिति मार्फत आयोजित ड्रिम बिग च्यालेन्ज (Dream Big Challenge) प्रतियोगिता

गैर-आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय समिति, अमेरिकाको बिज्ञान, प्रबिधि तथा नवप्रबर्धन समितिले अमेरिकामा माध्यमिक तह सम्म अध्ययन गर्ने नेपाली बिद्धार्थीहरुका लागि ड्रिम बिग च्यालेन्ज प्रतियोगिता आयोजना गर्ने भएको छ । गैर आवाशीय नेपाली संघ अमेरिकाको बिज्ञान, प्रबिधि तथा नवप्रबर्धन समितिका अध्यक्ष तथा युनिभर्सिटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्को (UCSF) का सह-प्राध्यापक डा. तारा सिग्देलको संयोजकत्वमा आयोजना हुने उक्त प्रतियोगतामा बिद्धार्थीहरुलाई प्रार्थमिक, निम्न-माध्यमिक तथा माध्यमिक तहका बिभाजन गरि छुट्टा छुट्टै प्रतिस्पर्धा गराइने भएको छ। यस प्रतियोगितामा बिद्धार्थीहरुले १० लाख अमेरिकी डलर ऋण सहयोग पाएको खण्डमा आफ्नो उद्दमशिलता सम्बन्धि परिकल्पना तथा विचारलाई मुर्तरुप दिनको लागि आवश्यक पर्ने आर्थिक तथा अन्य योजनाहरु दुइ चरणमा प्रस्तुत गर्नेछन। पहिलो चरणमा छनोट भएका बिद्धार्थीहरुलाई अन्तिम चरणको प्रतियोगितामा सामेल गराई प्रार्थमिक, निम्न-माध्यमिक र माध्यमिक तहका बिद्धार्थीहरुलाई प्रथम, दोश्रो र तृतीय पुरस्कार प्रदान गरिने छ। प्रर्थम, द्वितीय र तृतीय स्थानको लागि माध्यमिक तहमा क्रमश:१००० , ७०० र ५०० अमेरिकी डलर, निम्न माध्यमिक तहमा ७००, ५०० र ३०० अमेरिकी डलर तथा प्रार्थमिक तहका लागि क्रमश: ५०० , ३०० र २०० अमेरिकी डलरको नगद पुरस्कार राशी राखिएको छ। अन्तिम चरणको प्रतिस्पर्धा गैर-आवाशीय नेपाली संघ अमेरिकाको फेसबुक पेज बाट प्रतक्ष्य प्रशारण गरिने छ।

उक्त प्रतियोगिता अहिलेको प्रतिस्पर्धात्मक विश्वमा विद्धालय तहमा अध्ययन गर्ने बिद्धार्थीहरुमा भएको परिकल्पना तथा सपनालाइ साकार पार्नको लागि आवश्यक योजना तर्जुमा गर्न र त्यसलाई कार्यान्वयन गर्नको लागि क्षमता र नेतृत्व बिकाश गराउने उदेश्यले आयोजना गरिएको प्रतियोगिताका संयोजक डा. सिग्देलले बताए। गैर आवाशीय नेपाली संघ अमेरिकाका सभापति सुनील शाहले संघले अमेरिकामै बसोबास गर्ने नेपालीहरुको नयाँ पुस्तालाइ आफ्नो समुदायसंग जोड्न र उनीहरुको क्षमता वृद्धि गर्न विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको र यो कार्यक्रमले उनीहरुको प्रतिभालाई अभिवृद्धि गर्न सहयोग पुर्याउने विचार व्यक्त गरे। गैर आवाशीय नेपाली संघ अमेरिकाका महासचिब पशुपति पाण्डेले यो कार्यक्रम गैर आवाशीय नेपाली संघ अमेरिका द्वारा सामुदायिक हितमा आयोजना गरिएका धेरै कार्यक्रमहरु मध्यको एक हो र अरु यस्तै अरु कार्यक्रमहरुको तयारी भैरहेको बताए।

यस ड्रिम बिग च्यालेन्ज प्रतियोगितामा भाग लिनको लागि विद्धार्थीहरुले यहि सेप्टेम्बर ३० सम्म छोटो फारम भरेर (फारमको लिंक: shorturl.at/jmCP1) निशुल्क रुपमा आफ्नो नाम दर्ता गर्न सक्नेछन। संघको बिज्ञान प्रबिधि र नवप्रबर्धन समिति मार्फत आयोजित उक्त प्रतियोगिताको आयोजक टिममा समितिका सह-अध्यक्ष्य द्वय डा राजेन्द्र पंगेनी तथा सतिश त्रिपाठी रहेका छन्। यसको साथ साथै संघका अन्य पदाधिकारी तथा समितिका अन्य सदस्यहरुले आयोजनाको सफल कार्यान्वयनमा सघाउने छन्। यो कार्यक्रमको बारेमा केहि जिज्ञाशा भएमा Dreambig@nrnusa.ओर्ग मा इमेल गरेर जवाफ पाउन सकिने छ।

Application link:
shorturl.at/jmCP1

गैर आवासिय नेपाली संघ, अमेरिका
बिज्ञान, प्रबिधि तथा नवप्रबर्धन समिति

 

प्रतिक्रिया