आदरणीय सम्पूर्ण गैरआवसिय नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुमा
हार्दिक नमस्कार !
नेपाल सरकारले “गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०७६”को मस्यौदा बिधेक नेपालको संघीय संसदको आगामी हिउँदे अधिवेशनमा प्रस्तुत गरी पारित गर्ने भन्ने योजना रहे अनुरूप गैर आवासीय नेपाली सङ्घ (आइ सि सि) ले यस मस्यौदा बिधेक सम्बन्धमा सुझाव सङ्कलन गर्न सुरु गरेको र सोही अनुरूप परिपत्र भई आए बमोजिम गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले पनि यस सम्बन्धमा राय सुझाव सङ्कलन गर्न सुरु गरेको छ । यसर्थ गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका यहाँहरूको अमूल्य सुझाव को लागि हार्दिक अनुरोध गर्दै उक्त मस्यौदा बिधेक यहाँहरूको आध्यनको लागि यसै साथ संलग्न गरिएको छ।
यो “गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०७६” ले बिदेशमा बस्ने नेपालीहरू को नेपाल र नेपाली प्रति रहँदै आएको भावनात्मक सम्बन्ध, माया र एकतालाई अझ बढी सुदृढ गर्नु को साथै यस ऐन पारित भएको अवस्थामा गैर आवासीय नेपालीहरूले नेपालमा राजनैतिक अधिकार बाहेक अरू सम्पूर्ण अधिकार नेपाली नागरिक सरह उपभोग गर्न पाउने हुँदा यस बिधेकमा यहाँहरूको सुझावले अति नै महत्त्व राख्दछ । यहाँहरूले आजको मितिबाट एक सेप्टेम्बर ३० भित्र तलको इमेलमा यहाँहरूको महत्त्वपूर्ण सुझाव पठाउन हुन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका हार्दिक अनुरोध गर्दछ । साथै यहाँहरूको सुझाव प्राप्त भए पछि सोही अनुरूप सुझावलाई Compile गरी सम्बन्धित निकायमा पठाउने ब्यहोरा समेत यहाँहरूमा जानकारी गराईन्छ ।
Email: [email protected]
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, अमेरिका
प्रतिक्रिया