धौलागिरि मा० बि० सिङ्गालाई भट्टचनले रु. पांच लाख सहयोग गरे

इनेप्लिज २०७७ असोज ५ गते १०:४४ मा प्रकाशित

म्याग्दी जिल्लाको धवलागिरी मा० बि० सिङ्गालाई रु. ५,५५,५५५ /= पांच लाख पचपन्न हजार पांच सय पचपन्न सहयोग प्राप्त भएको छ।

बिद्यालयका भु० पू० बिद्यार्थी आफ्नो नातिनी ईन्दु भट्टचनको नाममा हजुर आमा कर्म कुमारी भट्टचनले बिद्यालयका प्रधानाध्यापक दण्डपाणी सापकोटालाई नगद रु. ५,५५,५५५ /= हस्तान्तरण गर्नुभयो। ८५ बर्षिया कर्म कुमारी भट्टचन धवलागिरी मा० बि० सिङ्गाको एक मात्र जिबित संस्थापक-सदस्य हुनुहुन्छ।

कर्म कुमारी भट्टचनका पिता नन्द प्रसाद गौचन, श्रीमान् शेर बहादुर भट्टचन र कर्म कुमारी भट्टचन ३ जनाले करिब ५९ – ६० बर्ष पहिले बिक्रम सम्बत २०१८ सालमा सिङ्गामा धवलागिरी प्राथमिक बिद्यालय स्थापना गरेका हुन् र उक्त प्रा० बि० नै हालको धवलागिरी मा० बि० हो। उहाँहरुले बिद्यालय भबन निर्माण गर्नु अघि सम्म बिद्यार्थीहरुलाई बिद्यालय – प्रांगणमै रहेको पिपलको बोटको चौतारीमा पढ़ाईन्थ्यो। पानी परेको बेलामा बच्चाहरुलाई घरमा लगेर पढ़ाउनुपर्थ्यो।

उहाँहरुले लामो एक कोठे भबन निर्माण गरिदिएपछी – कुर्सी , टेबल , बेन्च हुन्छ रे भन्ने पनी थाहा नभएको त्यो जमानामा काठको फलेक भुँईमा ओच्छ्याएर बच्चाहरुलाई बिद्यालय भबनमा पढ़ाउन थालियो।

कर्म कुमारी भट्टचनका श्रीमान् शेर बहादुर भट्टचन लामो समयसम्म बिद्यालय संचालक समितीको अध्यक्ष हुँदा :गरिब मुलुकको गरिब सरकार भएको त्यो जमानामा संचालक समितीले नै आर्थिक श्रोत जुटाएर बिद्यालय चलाउनुपर्ने,सरकारले एक पैसा पनी सहयोग नगर्ने भनेर तत्कालिन श्री ५ को सरकारले निर्देशन दिएपछी २०२८ – २९ साल तिर नेपालको ७५ जिल्लामा सयौं बिद्यालयहरु बन्द हुन पुगेका थिए , तर , बिद्यालयको आम्दानीको श्रोत नभएकोले संचालक समितीका अध्यक्ष शेर बहादुर भट्टचनले आफ्नो घरको मकै बेचेर , गाई बेचेर शिक्षकलाई तलब खुवाएर स्कुल धानेको कुरा त्यो बेलाका शिक्षक भिरमुनीका सोमनाथ शर्माले बताउंछन्। शेर बहादुर भट्टचनका बुढा,बुढी हुँदैनथे त यो स्कुल त्यतिबेलै बन्द भएर हालको धौलागिरी मा० बि० नै हुने थिएन – भिरमुनीका सोमनाथ शर्मा भन्छन्।

सिङ्गा गाउँमा शिक्षाको दियो बालेका भट्टचन परिवारको योगदानमा सबैले ईंटा थप्दै छात्राबास भबन, फुटबल मैदान, सुस्त मनस्थिती बहिरा बिद्यालय लगायत बिभिन्न भबनहरु सहित १२ कक्षा सम्म पढाई हुने सिङ्गाको धवलागिरी मा० बि० म्याग्दी जिल्लाको चर्चित मा० बि० बनेको छ।

प्रतिक्रिया