विराटनगर,४असोज।एडभोकेसी फोरम नेपाल प्रदेश १ कार्यालयले पूर्वाञ्चल मोरङ बाल सुधार गृहलाई कोरोना नियन्त्रण,रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु आज यहाँ प्रदान गरिएको छ।
विराटनगर –३ स्थित गृहलाई सेनेटाइजर,मास्क,साबुन,ब्याग,तौलिया,खानेपानीको बोतल वाटर डिस्पेन्सर ,पानीटंकी र पानीटंकी अड्याउन सकिने स्टेन्ड समेत प्रदान गरिएको छ।
एडभोकेसी फोरम प्रदेश संयोजकरुक्मिणा दाहाल भट्टराईले विराटनगर वडा नंं ३ का वडाध्यक्ष बिनोद बस्नेत मार्फत ती सामाग्री हस्तान्तरण गर्नु भएको हो।सो अवसरमा उहाँले सामाजिक उत्तरदायित्व बोध गर्दै सुधारगृहमा सहयोग धारणा व्यक्त गर्नु भयो।वडाध्यक्ष बिनोद बस्नेतले बाल सुधारगृहको व्यवस्थापन सहितका विभिन्न सहयोगका कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनु भयो।
विराटनगर महानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतम ,जनस्वास्थ्य अधिकृत दीपक भट्टराई,सुधारगृहका प्रमुख मिलन चौहान लगायतको सुधार गृहका लागि आवश्यक सहयोग सवै क्षेत्रले गर्नुपर्नेमा जोड दिनु भयो।सुधार गृहमा १ सय ५७ जना बालकहरुलाई रहेका छन्।
प्रतिक्रिया