प्रदेश न.१ मा ७९ जना सङ्क्रमित थपिए

इनेप्लिज २०७७ असोज ४ गते १३:५१ मा प्रकाशित

विराटनगर, ४ असोज(रासस):प्रदेश न.१ मा पछिल्लो २४ घण्टाको अवधिमा ७९ जना कोरोनाबाट सङ्क्रमित भएका छन्।जसमा २७ महिला र ५२ जना पुरुष छन्।थपिएका सङ्क्रमितमा मोरंगमा ५७,सुनसरीमा ११,झापामा चार, पाँचथरमा एक र प्रदेश बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा सो अवधिमा ३८ जनामा सङ्क्रमण देखिएको हो।सोमध्ये १३ जना महिला र ३५ जना पुरुष छन्।

मोरङको कटहरीमा पाँच महिला र तीन पुरुष,बुढीगंगामा पाँच,रंगेलीमा चार, जहदा र सुन्दरहरैचामा एकएक पुरुष, सुनसरीको दुहवीमा तीन महिला र चार पुरुष,बर्जुमा एक महिला, स्थानीय तह नखुलेका दुई महिला र एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

यस्तै,झापाको अर्जुनधारामा तीन पुरुष, कनकाईमा एक महिला,पाँचथरको फिदिमका एक पुरुष,प्रदेश बाहिरका चार महिला र दुई पुरुषमा कोरोनाको सङ्क्रमण देखिएको हो।

यसप्रदेशमा हालसम्ममा पाँच हजार ५७४ जना सङ्क्रमित भएका छन् भने सुनसरी बराहक्षेत्रको रमानान्द आचार्य सेवा पीठ आईसोलेसनबाट १९, होम आईसोलेसनबाट नौ,वि.जनरल अस्पताल हरिनगरबाट एक र इनरुवा आईसोलेसनबाट एक जना गरी ३० जना सहित अहिले सम्ममा दुई हजार ५३५ जना कोरोनाबाट मुक्त भएर घरफर्किसकेका छन्।

पछिल्लो २४ घण्टाको अवधिमा यसप्रदेशमा ५५३ जना सहित अहिले सम्ममा एक लाख १५ हजार ५७६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया