कुलमान घिसिङले आफ्ना समर्थकलाई यस्तो भने, हेर्नुहोस असोज ४ गतेका मुख्य समाचारहरु

इनेप्लिज २०७७ असोज ४ गते ४:५४ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका छन् ।

कुलमानलाई प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा प्रदर्शन हुँदै आएका छन् । स्वतःस्फूर्त सडकमा उत्रिएका कुलमानका समर्थकहरुलाई प्रहरीले दमन समेत गर्दै आएको छ ।

आफ्नो पक्षमा हुँदै आएको प्रदर्शन प्रति गम्भीर ध्यानाकर्षण भएको कुलमानले बताएका छन् । सरकारले आफूलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलता पूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको बताउँदै कुलमानले प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्ने बताएका छन् ।

यो संगै आजका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस

प्रतिक्रिया