भोला थापा क्षेत्री÷दोहा । कतारमा कार्यरत कलाकार रमेश भुजेलको निर्देशनमा “आयो पापी दशै” को म्युजिक भिडियो युट्युब मार्फत सार्वजनीक भएको छ ।शब्द संकलन सेन्टी सुन्दरको र डोलराज बारघरेको लयमा बनेको “आयो पापी दशै बोलको गीतलाई गायक बद्री पाठकको स्वार दिएका छन ।
गीतको संगीत संयोजन राम सारु मगरको रहेको छ भने प्रकाश दर्नालको छायाकन ÷सम्पादनमा भिडीयो तयार भएको हो । गीतको म्यूजिक भिडियोमा कृष्ण प्रसाद ढकाल,रचना मगरले फिचर्ड गरेका छन । भने अन्य जुलेन सिटैला कविन्द्र , जोल्ली सिटौला बविता, सुभास पौडेल र मञ्जु बानियाँको पनि भिडीयोमा अभिनय रहेको छ ।
भिडीयो एचएसस ग्रप इन्टरटैनमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
प्रतिक्रिया