अमेरिकाको क्यालिफोर्नियाबाट विलाप गीत सार्वजनिक भएको छ । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आउनु भएका गीतकार मनिष वशिष्ठ नेपाली गीत सन्गीतको आकाशमा चिरपरिचित नाम हो। करिब ३ बर्षको लामो प्रयास पछि गायककार सजल न्यौपानेको गायन र संगीत तथा रिदम कडेलको संगीत संयोजन संगको सह-कार्यमा गीत “विलाप” (Story of the lost trust) गत सेप्टेम्बर १६ का दिन गीतकारको आफ्नै यूटुब च्यानल एम. बि. क्रिएसन (MB Creation) मार्फत सार्वजनिक भएको छ।
यस म्यूज़िक भिडियोलाई निर्देशन गम्भिर बिष्टले गर्नु भएको छ भने परिकल्पना गीतकार आफैले गर्नु भएको हो।
नेपाली संगीतको आकाशमा सधै फरक धारको गीत संगीत पस्कीने गीतकारको यो गीतले पनि सम्पूर्ण नेपाली मनलाई पुनः स्तरिय गीत संगीत श्रवण गर्ने मौका मिल्ने आशा गरिएको छ ।
गीतकार लगायत यस टोलीका सम्पूर्ण सदस्यलाई ईनेप्लिजको तर्फबाट हार्दिक बधाई छ।
भिडियो हेर्न यहा क्लिक गर्नु होला :
प्रतिक्रिया