पी॰एम॰के॰पी॰कस्तो कस्तो ?
सिक्नोस् हुन के॰एम॰ज़स्तो ।
कमसे कम चिन्नुहोस् राम्रो लाई ।
विकास पछि तानौला हाम्रो लाई ।।
किन आज भोली बेग्लै बेग्लै देख्छु ।
छट्पटी र तनाव प्रष्टै प्रष्टै देख्छु।
रोगले जीर्ण शरीरलाई आरामको खाँचो।
युवाहरूलाई दिनुहोस् सत्ताको साँचो।
त्यति मात्र गरे पनि शान्ति मिल्छ मनमा,
तपस्या र भक्ति गर्नुस् गई सुन्दर वनमा,
कति दुःख गर्नु हुन्छ बुढेस कालमा पनि ।
सल्लाह सुझाव दिनु बरु असल गुरू बनी ।।
जनताले चुने तिमलाई सर्बशक्तिमान ब्यक्ति।
जनतालाई ख़ुशी पार्न निकालेनौ केही ज़ुक्ती।
उखान टुक्का सुन्दा जनताहरू भाक़ा थिए दंग।
अहिले रोग,भोक र शोकले सब हुँन्छन् झसंग।
हाम्रा लाई भन्दा राम्रा लाई दिनु प्रमुखको ज़िम्मा ।
आजैबाट छानेर पाख़ा लाउनुस् भ्रष्ट र निक़म्मा।
हजुरको पुज़ा गर्नेछ सबैले शहर अनि बन पाख़ा बाट।
हजुरको ख्याति र सम्झना हट्ने छैन हाम्रो आँखाबाट ।
यसरी नै जनता र जनमतको उड़ायौ भने खिल्ली ।
होस् गर जनताले जस्तै लाई नि पार्न सक्छ बिच्चली।
गद्दाफ़ी बन्ने कि गांधी बन्ने यो हजुरकै हातमा छ।
अझै पनि ईमानदार इरादा गर्नु समय अझै साथमा छ।
प्रतिक्रिया