एलिनाको स्वर र माइकलको संगीतमा ‘पन्छी’

इनेप्लिज २०७७ असोज १ गते ९:५६ मा प्रकाशित

 

काठमाडौं÷१असोज।

गायिका एलिना चौहानका गीत अचेल लगालग लोकप्रिय भइरहेका छन् । उनको स्वरमा रहेको पछिल्लो गीत ‘पन्छी’ ले पनि अहिले क्रमश स्रोतादर्शकको मन जित्दै गइरहेका छ ।लोकआधुनीक स्वादका गीत चल्तीमा रहेकीरहेको बेलामा एलिनाको ‘पन्छी’भने केही फरक शैलीको छ।

सुदीप आत्रेयको शब्द र किरण माइकल घिमीरेको संगीतमा रहेको गीतको भिडियोमा धन कमाउने सपना बोकेर बिदेश पुगेका नेपाली चेलीले भोग्नु परेको पीडा प्रस्तुत गरिएको छ।फरज अर्पणले निर्देशन गरेको गीतको भिडियोमा गायिका एलिना स्वयम्,नम्रता अर्याल,गणेश पौडेल,सन्तोषकुमार थीनलगायतले अभिनय गरेका छन्।निर्देशक अर्पणकै छायांकन र सम्पादन रहेको भिडियो आत्रेय प्रोड्क्सन युट्युव च्यानलबाट सार्वजनीक गरिएको हो।

वास्वतिक घटनाहरुलाई गीतमा प्रतिबिम्बित गरिएको गीतकार सुदीप बताउछन्। गीतको भावअनुसार म्युजीक भिडियो निर्माण गरिएकाले दर्शकले क्रमशःमन पराउदै गएको धारणा उनको छ।

हेर्नुु्स् भिडियो–

प्रतिक्रिया