स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिई यातायात सञ्चालन गर्नुपर्ने–मुख्यमन्त्री राई

इनेप्लिज २०७७ भदौ ३० गते १२:५१ मा प्रकाशित

विराटनगर,३० भदौ(रासस):प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिई यातायाता सञ्चालन गर्नु पर्ने बताउनु भएको छ।

आगामी असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरुसँग मुख्यमन्त्री राईले आज भर्चुअल छलफलमा उक्त आग्रह गर्नु भएको हो।लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरुसँग छलफल गर्नुभएको हो।

छलफलमा मुख्यमन्त्री राईले असोज ५ गते अगाडि यातायात व्यवसायीहरुलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरुको विवरण तयार गर्न आग्रह गर्नुभएको छ । उहाँले यातायात व्यवसायीहरुको साझा समस्याहरुलाई सरकारले सम्बोधन गर्दै जाने बताउँदै माक्स, स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरेर सावधानीहरु अपनाउन आग्रह गर्नु भयो।

यात्रुहरुको विशेष ध्यान दिन पनि उहाँले व्यवसायीहरुलाई आग्रह गर्दै यात्रुहरुलाई स्वास्थ्य सावधानी तथा सजगता अपनाउन यातायात व्यवसायीहरुले पनि ध्यान दिनु पर्ने मुख्यमन्त्री राईले जोड दिनुभयो ।उहाँले लामो दुरीका यात्रुहरुको विवरण राख्न पर्ने बतानु भयो।

छलफलमा यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयलाई स्वागत गरेका थिए ।उनीहरुले स्वास्थ्य सजगता अपनाउँदै यातायातका साधनहरु सञ्चालन गर्नै प्रतिबद्धता व्यक्त गरेका छन्।छलफलमा यातायात व्यवसायीहरुका साथै यातायात क्षेत्रका मजदुर संगठनका प्रतिनिधिहरुको समेत उपस्थिति थियो।

प्रतिक्रिया