प्रधानमन्त्रीले रोके कुलमानको नियुक्ति ! अब के होला ? हेर्नुहोस भदौ ३० गतेका मुख्य समाचारहरु

इनेप्लिज २०७७ भदौ ३० गते ३:४८ मा प्रकाशित

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने उर्जा मन्त्रालयको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकिएको छ ।

उर्जा मन्त्रालयका तर्फबाट कुलमान लाई नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगे पनि सोमबारको क्याबिनेटमा यो प्रस्तावले प्रवेश पाएन।सोमबार साँझ बसेको क्याबिनेट बैठकमा कुलमानको विषयमा कुरै नउठेको एक मन्त्रीले जानकारी दिए।उर्जा मन्त्रालय स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्तिका लागि मन्त्री वर्षमान पुनले आइतबार नै प्रधानमन्त्रीसमक्ष प्रस्ताव पठाएका थिए ।

तर, प्रधानमन्त्रीले यो प्रस्तावलाई सोमबारको एजेण्डामै चढाएनन्।कुलमान घिसिङ ४ वर्षे कार्यकाल सकेर आइतबार बिदा भएका छन्।२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमानको ४ वर्षे कार्यकाल सकिएपछि प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन।यो संगै आज भदौ ३० गतेका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस :

प्रतिक्रिया