विराटनगर,२९ भदौ(रासस): प्रदेश नं.१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले राष्ट्रिय बाल दिवशको विशेष अवसरमा बालबालिकाको अधिकारको सुनिश्चितताका लागि आज यहाँ शुभकामना व्यक्त गर्नु भएको छ।
सन्देशमा उहाँले सुनिश्चित बाल अधिकार ,समृद्ध नेपालको आधारको लागि लागि सरकार, राष्ट्रसेवक कर्मचारी,राजनीतिक दल, नागरिक समाज,विकासका साझेदार संघ संस्था,निजी क्षेत्र,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी, अधिकारकर्मी एवम् सञ्चारकर्मीलाई आह्वान गर्दै सम्पूर्ण बालबालिकाको उत्तरोत्तर प्रगति,उन्नति, सुस्वास्थ्य एवम् दीर्घायूको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ।
सन्देशमा प्रदेश प्रमुख अधिकारीले आफ्नो आचरण मार्फत माया, स्नेह, आदर सत्कार सहितको संस्कार, सकरात्मक ज्ञान सम्प्रेषण गर्नु हुने अभिभावक, परिवार, शिक्षक र समाजलाई बालबालिकाको शारीरिक र मानसिक विकासका लागि सन्तुलित आहार,स्वच्छ उपयुक्त आवास र उपयुक्त प्रविधि प्रयोग सहितको स्तरीय शिक्षा,देशभक्ति,मानवता, सामाजिक,उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणस्तरीय शिक्षा दीक्षाको अधिकार सुनिश्चित गर्न हार्दिक आह्वान गर्नु भएको छ।
उहाँले बालबालिका माथि हुने गरेका सबै प्रकारका हिंसा, बेच बिखन तथा जघन्य घटना र आपराधिक क्रियाकलापमा संलग्न अपराधीलाई कानुनको दायरामा ल्याइ कडा सजाय दिने कार्य सरकारले गर्दै स्मरण गर्दै यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनुहुने कुरामा म आशावादी छु भन्नु भएको छ।
प्रदेश प्रमुख अधिकारीले मौलिक हकका रुपमा रहेको बालबालिका सम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको नेपाल सरकारले ‘सडक बालबालिका मुक्त राष्ट्र’ बनाउने उदेश्यका साथ काम गरिरहेको कुरा सर्वविधितै सन्देशमा उल्लेख गर्नु भएको छ।
अन्त्यमा,‘विपदमा बालअधिकारको सुनिश्चितता हामी सबैको साझा प्रतिवद्धता’ भन्ने भावनाका साथ विश्वभरी फैलिरहेको कोरोना भाइरसले बालबालिकाको जीवन र पठनपाठनमा गम्भीर असर पारिरहेको अवस्थामा महामारीको सामना गर्न र पठनपाठनको यथोचित व्यवस्थापन गरिदिनुहुनका लागि सरोकारवाल सबैलाई सन्देशमा उहाँले आग्रह गर्नु भएको छ।
प्रतिक्रिया