खुमन र शान्ती श्रीको दशै गीत ‘मर्ने बाच्नेको’

इनेप्लिज २०७७ भदौ २९ गते १०:१० मा प्रकाशित

काठमाडौं।नजिकिदै गरेको महान चाड बिजया दशमीलाई लक्षित गरेर गीत संगीत बजारमा आउन थालिसकेका छन्।यस्तैमा लोकप्रिय गायक÷गायिका खुमन अधिकारी र शान्तीश्री परियारको स्वरमा पनि दशै गीत‘मर्ने बाच्नेको’ सार्वजनिक भएको छ।

शिवदर्शन फिल्मस्ले गीत आकर्षक भिडियो सहित सार्वजनिक गरेको छ। भिडियोमा बिमल अधिकारी,दिब्यनी वली,रमेश अधिकारी,सौभाग्य सिंह,आरोश भुषाल,सुमन बजगाई, बिष्णु वस्ती,अर्चना भुषाललगायतको अभिनय रहेको छ।

बिदेशमा रहेका युवा दशैमा घर आउन नपाउदा उसले र उसको परिवारले महशुस गर्ने दुःख भिडियोमा देखाउन खोजिएको छ।गायिका तथा कलाकार गायत्री थापाको निर्देशा रहेको भिडियोमा करण चौसिरको छायाँकन तथा मनोज कार्कीको सम्पादन रहेको छ।बिष्णु न्यौपानेको शब्द तथा खुमन अधिकारीकै संगीत रहेको गीतको म्युजिक एरेन्जर हेमन्त शिशिर हुन्।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtu.be/UyEu6g-s8eY

 

 

प्रतिक्रिया