सिन्धुपाल्चोक लिदीका पहिरो पीडीतलाई एनआरएनए नेदरल्याण्ड्सको आर्थिक सहयोग, उपाध्यक्ष सोनाम लामाद्वारा हस्तान्तरण

इनेप्लिज २०७७ भदौ २८ गते १३:३५ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसी) नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका – २ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । एनसिसी नेदरल्याण्ड्सले संकलन गरि पठाएको २ लाख १८ हजार ५ सय २६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका आइसिसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गर्नुभयो ।

उपाध्यक्ष लामाले सोही वडाका वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा एनआरएनए को तर्फबाट बहराइनका पूर्व अध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि सहभागि हुनुहुन्थ्यो ।

सो अवसरमा उपाध्यक्ष लामाले एनआरएनएले यो रकम पहिरो पीडितहरुको जीवीर्कोपार्जनमा खर्च गरियोस भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताउनुभयो । संघले यसअघि पनि यही ठाउँमा आएर ५ लाख सहयोग गरेको बताउँदै उपाध्यक्ष लामाले सो सहयोग तत्काल रिलीज गरि पीडितहरुको आवश्यकताअनुसार खर्च गर्न पनि आग्रह गर्नुभयो ।

साथै उपाध्यक्ष लामाले एनआरएनए एनसिसी नेदरल्याण्ड्सको सराहनीय कार्यको प्रशंसा गर्नुहुँदै वर्तमान कोभिड – १९ को विषम परिस्थितिमा पनि रकम संकलन गरि पठाएकोमा एनसिसी अध्यक्ष श्रीराम कँडेल लगायत सम्पूर्ण कार्यसमिति तथा सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

वडाका वडाध्यक्ष प्रताप लामाले नेदरल्याण्ड्सबाट सहयोग रकम संकलन गरि पठाउनुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै उपलब्ध रकम पीडितहरुको आवश्यकताअनुसार खर्च गर्ने बताउनुभयो ।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पुर्‍याउँदा १६७ भन्दा बढी मानीसहरु प्रभावीत भएका छन् ।

सिन्धुपाल्चोकबासी सिता सापकोटाको पहलमा एनआरएनए एनसिसी नेदरल्याण्ड्सबाट संकलीत रकम लिदी पठाइएको हो । त्यस्तै, एनआरएनएए नेदरल्याण्ड्सका अध्यक्ष श्रीराम कंडेलले सिन्धुपाल्चोकको लिधि पहिरो पीडीतसँगै नेपालको बाढीपहिरोका कारण अत्यधिक प्रभावित क्षेत्र अछाम र म्याग्दीमा पनि दुई/ दुई लाख राहत सहयोग पठाइसकेको जानकारी गराउनुभएको छ ।

सचिवालय

गैरआवासीय नेपाली संघ ।

११ सेप्टेम्बर २०२०

NRNA LOGO

Group Mail Code of Conduct

1. Avoid Greetings on festivals and condolence on group mail, if you must send, send it to individuals.
2. Avoid repetition of same opinions
3. Avoid use of reply all function unless it is thought to be of a general interest.
4. Avoid sending replies to the individual through group mail.

NRNA

Corona Virus Precautions : stay safe

1.Wash your hands frequently
2. Carry hand sanitizer
3. Avoid touching your face
4. Maintain social distance in public gatherings

प्रतिक्रिया