साउदीमा पनि साझा सद्भाव समूह

इनेप्लिज २०७७ भदौ २८ गते १:२२ मा प्रकाशित

मध्यपूर्वमा साझा सद्भाव समूह गठनका क्रममा सेप्टेम्बर १०, २०२० का दिन भएको कन्फरेन्स बैठकले जनक मेहताको संयोजकत्वमा ११ सदस्यीय ‘साझा सद्भाव समूह साउदी अरेबिया’ गठन गरेको छ।

उक्त कार्य समितिको सह-संयोजकमा नवीन किशोर तिमिल्सिना,सचिवमा रेशम बस्नेत,कोषाध्यक्षमा अमीर खाँन र सदस्यहरुमा रामहरि सेन्चुरी, मोती लाल चौधरी, नारायण भक्त न्यौपाने, प्रमोद ओली, राज मण्डल ,जहाँगिर आलम र वशन्त आले रहेका छन्।

मध्यपूर्वका अन्य देशहरु बहराईन,जोर्डन र इजरायलमा पनि संगठन बिस्तारको अभियानमा तीब्रता दिदै आएको साझा सद्भाव समूहको मध्य पुर्व संयोजक सन्तोष केसीले बताए। साझा सद्भाव समूहको यो सोह्रौ राष्ट्रिय समिति हो।

प्रतिक्रिया