गैरआवासीय नेपाली संघद्वारा गण्डकी प्रदेशलाई सहयोग

इनेप्लिज २०७७ भदौ २७ गते १:४२ मा प्रकाशित

गैरआवासीय नेपाली संघले गण्डकी प्रदेशको मुख्य मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ्ग लाई हिजो १० सेप्टेम्बर २०२० का दिन १६,००० थान मास्क हस्तान्तरण गर्यो । हस्तान्तरण कार्यक्रममा संघको तर्फबाट एसिया प्रशान्त क्षेत्रीय महिला संयोजक श्रीमति अमृता थापा (कन्चन), पुर्व सल्लाहकार डम्बर घले तथा युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ को उपस्थिति रहेको थियो । उक्त मास्क गैरआवासीय नेपाली संघ मकाउको तर्फबाट प्राप्त भएको थियो ।

प्रतिक्रिया